प्रधानमन्त्री ओलीलाई अमेरिकाले गर्यो भब्य स्वागत : प्रधानमन्त्रीलाई न्युयोर्क सिटीको प्रहरीले सुरक्षा स्टर्किङ गर्दै यसरि लग्योकाठमाडौं-अबुदाबी हुँदै न्युयोर्कस्थित जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा इतिहाद एयरवेजबाट उत्रिएका प्रधानमन्त्रीको टोलीलाई राष्ट्रसंघीय नेपाली नियोगका कर्मचारीलगायत गैरआवासीय नेपाली संघ एवम् प्रवासी नेपाली मंचका पदाधिकारीहरुले स्वागत गरेका थिए।

प्रधानमन्त्री पत्नी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित २० जनाको प्रतिनिधिमण्डल आइपुगेको हो। विमानस्थलमा उत्रेलगत्तै प्रधानमन्त्रीलाई न्युयोर्क सिटीको प्रहरीले सुरक्षा स्टर्किङ गरेको थियो।

प्रधानमन्त्रीको टोलीको बसोबासको व्यवस्थापन, राष्ट्रसंघीय मुख्यालयको नजिकै रहेको ह्यात होटलमा गरिएको छ। प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। कान्तिपुरमा खबर छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *