जुन देशको लगानी आए पनि नेपालमा स्वागत छ : प्रधानमन्त्री ओली

२०७५ आश्विन १०, बुधबार ०६:३५ गते २०७५ आश्विन १०, बुधबार ०६:३५ गते २०७५ आश्विन १०, बुधबार ०६:३५ गते

जुन देशको लगानी आए पनि नेपालमा स्वागत छ : प्रधानमन्त्री ओलीकाठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि जुन देशबाट लगानी आए पनि हृदयदेखि नै स्वागत गरिने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले बुधबार बिहान एक अन्तर्वार्ताको क्रममा व्याजविनाको लगानी गर्न आउने जोसुकैलाई पनि स्वागत गरिने बताएका हुन्।

‘देश विकासका लागि नेपाललाई लगानी चाहिएको छ। यदि कुनै देश नेपालको स्वार्थअनुसार नेपालमा लगानी गर्न तयार भए स्वागत छ।’

न्युयोर्कमा रहेका एक नेपालीको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले चीनको लगानीले ऋणको जाल निम्याउँछ भन्ने कुराप्रति असहमति जनाए। उनले भने, ‘व्याज विनाको लगानी गर्न कोही इच्छुक भए पनि आउनु होस्, जुन देशको लगानी पनि हामीलाई स्वीकार्य छ। ऋणको डर होइन।’

प्रधानमन्त्री ओलीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिनेबारे कुनै विवाद नभएकाे पनि बताए । उनले भने, ‘लामाे अध्ययनपछि याे अायाेजना गेजुवालाई दिने निर्णय गरेका हाैं, याे विवादकाे विषय नै हाेइन ।’

प्रधानमन्त्री ओलीले अन्तर्वार्ताको क्रममा हालको अवस्थामा नेपालको आवश्यकता भनेको आर्थिक समृद्धि भएको बताए। ‘आर्थिक समृद्धिको कुरा गर्दै गर्दा नेपालले जलवायु तथा मौसम परिर्वतनसँग जोडिएको विषयलाई नजरअन्दाज गर्न मिल्दैन,’ ओलीले भने, ‘नेपाल एक हिमाली देश भएकाले आर्थिक विकासको सपना देख्दै गर्दा वातावरणीय संरक्षणसँग जोडिएका मुद्दालाई नेपालले नजर अन्दाज गर्न सक्दैन।’

जलवायु र मौसम परिर्वतनसम्बन्धी समस्या हिमाली देश मात्रैको नभई सम्पूर्ण विश्व समुदायको समस्या भएकाले सबैले यस मुद्दामा उत्तिकै मात्रामा सहकार्य गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो।

आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल खुसी नेपाली’को नारा लिएको बताउँदै प्रधानमन्त्री ओलीले समृद्धि मात्रैले खुसी ल्याउन नसक्ने बताए। त्यसैले हाम्रा पुर्खाले हजारौं वर्ष पहिले भन्ने गरेको ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय’ को मन्त्र आफ्नो सरकारले जप्ने गरेको उनले दाबी गरे।

आफूल प्रजातन्त्र स्थापनाको लडाइँमा एक महिना खानाविना जेल बसेको बताउँदै ओलीले पहिले र अहिलेको नेपालमा धेरै परिर्वतन भएको बताए। उनले भने, ‘अहिले प्रधानमन्त्रीको हैसियतमा पनि मैले एक शब्द कठोर बोले पनि त्यसको उत्तरदायित्व लिनुपर्छ।nepalilive

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *