प्रधानमन्त्री केपी शर्माओली विरुद्ध अमेरिका मै विरोध प्रदर्शन

२०७५ आश्विन १२, शुक्रबार ०४:२८ गते २०७५ आश्विन १२, शुक्रबार ०४:२८ गते २०७५ आश्विन १२, शुक्रबार ०४:२८ गते

काठमाडौं । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा प्रधानमन्त्री ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन बाहिर त्यहाँ रहेका नेपालीले विरोध प्रदर्शन गरेका छन् ।

  प्रधानमन्त्री केपी शर्माओली को सम्बोधनको पालो स्थानीय समय अनुसार विहीबार साँझ ५ बजे रहेकोमा सोही समयमा नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा सहभागीले टाउकोमा कालो कपडा बेरेर प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् । उनीहरुले हामी न्याय चाहन्छौं भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई फाँसी दिन समेत माग गरेका थिए ।

12khari 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *