नेपाली कांग्रेस सभापति सहित सबै पदाधिकारी निर्वाचित गर्ने

२०७५ आश्विन १३, शनिबार ०३:५१ गते २०७५ आश्विन १३, शनिबार ०३:५१ गते २०७५ आश्विन १३, शनिबार ०३:५१ गते

काठमाडौं १३ असोज । नेपाली कांग्रेसको केन्द्रीय सभापतिसहित पदाधिकारीको निर्वाचन देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुनुपर्ने सुझाव आएको छ ।

साथै, केन्द्रीय कार्यसमितिको संख्या १ सय ५१ भन्दा नबढ्ने गरी विधानमा व्यवस्था गर्न पनि सुझाव आएको छ । पार्टीको सबै तहमा समावेशी कोटाको सम्पूर्ण सदस्यभन्दा कम नहुने गरी खुला कोटाको व्यवस्था गर्नुपर्ने पनि सुझाव आएको छ ।

 

पहिलो प्रस्तावमा सभापति निर्वाचित तथा ३ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष मनोनित हुने व्यवस्था गरिएको छ ।

यसको विकल्पमा सभापति, २ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री र १ कोषध्यक्ष निर्वाचित हुने र १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनित गर्ने प्रस्ताव ल्याइएको छ ।

यस अघि कांग्रेस विधानमा पदेन सदस्यबाहेक बढीमा ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो । संशोधनका लागि छलफल भइरहेको मस्यौदामा १० पदाधिकारीसहित १ सय ३, १ सय २३ र १ सय ३३ सदस्यको केन्द्रीय कार्यसमिति रहने भनी तीन विकल्पसहित प्रस्तुत गरिएको छ ।

पहिलेको विधानमा सभापति, १ महामन्त्री र कोषाध्यक्ष निर्वाचित गर्ने थियो भने १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनित गर्ने व्यवस्था थियो ।

 नेपालसमाचारपत्र बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *