के भएको हो प्रचण्डपत्नीलाई ?आठ महिनादेखि थलिएकी छिन्

२०७५ आश्विन १४, आईतवार ०२:४६ गते २०७५ आश्विन १४, आईतवार ०२:४६ गते २०७५ आश्विन १४, आईतवार ०२:४६ गते

असोज १४, २०७५       पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक बर्षदेखि पारिवारिक तनावमा  छन् । आठ महिनादेखि थलिएकी छिन्, सीता ।

पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ ।

उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ ।

आठ महिनादेखि थलिएकी छिन्, सीता ।

असोजमा१० सिंगापपुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् ।

र, पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसमते देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्यो ।

भदौमा ३०चीन भ्रमणमा जाँदा समेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लग्नुपरेको थियो ।

पारिवारिक स्रोत भन्छ पत्नीको विरामी अवस्थाले अध्यक्ष प्रचण्डले पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भईरहेको छ ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ ।

rato pati

असोज १४, २०७५

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *