कुञ्ज नाटकघरमा ‘बोक्सी उद्योग’

२०७५ आश्विन १४, आईतवार ०४:३५ गते २०७५ आश्विन १४, आईतवार ०४:३५ गते २०७५ आश्विन १४, आईतवार ०४:३५ गते

असोज १४, २०७५काठमाडौं — पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित नाटक ‘बोक्सी उद्योग’ यतिबेला कुञ्ज नाटकघर काठमाडौंमा मञ्चन भईरहेको छ ।

समाजका प्रतिष्ठित भनिएका व्यक्तीहरुले दलित तथा उत्पीडित बर्ग एकल महिलामाथि बोक्सीको आरोप लगाई मर्न सम्म बाध्य बनाईएका केहि घटनाहरु नेपाली समाजमा ताजै छन् ।

हिजो आज पनि कतिपय बोक्सीको आरोप लगाई एकल महिलालाई अभद्र ब्यबाहार गरेको घट्नाहरु छन् । नाटकमा महिला हिम्सा बिरुद्ध आवाज उठाउन खोजिएको छ ।

यस्तै, कथामा आधारित नाटक ‘बोक्सी उद्योग‘ले यतीबेला कुञ्ज नाटकघरमा दर्शकहरुको मन तानेका छन् ।
नाटकको कथामा समजमा घटेका घटनालाई कलाकारहरुले निकै मेहनतका साथ उतारेका छन् । नाटककको दृश्यले दर्शकलाई हसाउँछन् अनि रुवाउँछन् पनि ।

महिला हिंसा, र समाजको यथार्थता घटना बोकेको नाटक ‘बोक्सी उद्योग’ बानेश्वर थापागाउँस्थित कुन्ज थिएटरमा असोज ५ देखि प्रदर्शन भइरहेको छ ।
“बोक्सी उद्योग”लाई लामोसमदेखि नाटक खेलिरहेका प्रभाकर देव शर्माले निर्देशन गरेका हुन् भने राजा के.सी.र पदम घिमिरेले नाटकको परिकल्पना गरेका छन् ।

नाटकमा टार्जन दाहाल, दिपिका थापा, राजा केसी, प्रलाप राई, नितु पौडेल, पदम घिमिरे, प्रमिशा राई, बालानन्द मैनाली, नमस्ते दिवाकर घिमिरे, ऋषिकेश बस्याल, किरण रेग्मी, अल्बिना न्यौपाने, रोयल राया र विकास शर्माले निकै मनछुने अभिनय गरेका छन् ।

लालटिन नेपालले प्रस्तुत गरेको नाटक आइतबारबाहेक हप्तामा ६ दिन साँझ ५ बजे प्रदर्शन भइरहेको छ ।
मन्चन भैरहेको नाटक “बोक्सी उद्योग” आउदो २० गतेसम्म प्रदर्शन हुने बताईएको छ ।

ratopati

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *