९ करोड फेसबुक प्रयोगकर्ता प्रभावित :फेसबुकमाथि ह्याकरको हमला,

२०७५ आश्विन १४, आईतवार ०५:२४ गते २०७५ आश्विन १४, आईतवार ०५:२४ गते २०७५ आश्विन १४, आईतवार ०५:२४ गते

एजेन्सी २०७५ असोज १४ गते सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोडvफेसबुक प्रयोगकर्ता ह्याकरको निसानामा परेका छन् ।

फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड फेसबुक योगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । यद्यपि, यो समस्या मंगलबार देखिएको र समाधान भैसकेको पनि फेसबुकले जनाएको छ ।

ह्याकरहरुले फेसबुकको View As फिचरको दुरुपयोग गरी प्रयोगकर्ताका डाटा लिक गरिदिएका छन् । फेसबुकको यो फिचरले प्रयोगकर्तालाई आफ्नो प्रोफाइल अरुले हेर्दा कस्तो देखिन्छ भन्ने कुराको प्रारुप देखाइदिन्छ ।

समस्या समाधानका लागि फेसबुकले ९ करोड फेसबुक प्रयोगकर्ताको लगइन रिसेट गरिदिएको छ । जसका कारण ती प्रयोगकर्ताको अकाउन्ट स्वतः लगआउट भएको छ र उनीहरुले पुनः लगइन गर्नुपरेको छ । पछिल्लो वर्षमा भ्यूजएज फिचर प्रयोग गरेका जुनसुकै प्रयोगकर्ताको अकाउन्टको लगइन रिसेट गरिएको हो ।

पछिल्लो साइबर हमला कसले र कहाँबाट गरेको भन्ने विषयमा जानकारी प्राप्त भैनसकेको फेसबुकले जनाएको छ ।

पछिल्लो समय साइबर सुरक्षा सम्बन्धी समस्याहरुसँग जुध्दै आएको फेसबुकका लागि यो ह्याकिङ अर्को टाउको दुखाईको विषय बनेको छ ।

पछिल्लो ह्याकिङको घटनासँगै फेसबुकले अनुसन्धान टुंगोमा नपुगुन्जेल सम्मका लागि भन्दै भ्यूज एज फिचरलाई अस्थायी रुपमा बन्द गर्दैछ ।

हाल प्रारम्भिक अनुसन्धानको काम भैरहेको र फेसबुकका के कति प्रयोगकर्ताको अकाउन्ट ह्याक भए नभएको विषयमा थाहा भै नसकेको फेसबुकले जनाएको छ ।

यद्यपि, अहिले समस्या समाधान भइसकेको हुँदा प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड परिवर्तन गर्नुनपर्ने पनि फेसबुकले बताएको छ ।

online khaber

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *