१२ वर्षकी नातिनीलाई करणी ;६८ वर्षे हजुरबुवा पक्राउ

२०७५ आश्विन १५, सोमबार ०३:१८ गते २०७५ आश्विन १५, सोमबार ०३:१८ गते २०७५ आश्विन १५, सोमबार ०३:१८ गते

असोज १५, २०७५
दाङ – दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको हो ।

‘आइतबार दिउँसो घटना भएको हो । हामीलाई जानकारी आयो । बेलुका पक्राउ गरेर ल्याएका छौं’ वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले भने ‘बालिकाको स्वास्थ्य परीक्षण भएको छ ।

सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढ्छ ।’

करणी अभियोगमा बालिकाको कान्छो हजुरबुवा पक्राउ परेका हुन् । उनले ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *