इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु भएका ८३२ को सामुहिक चिहानशक्तिशाली भूकम्पले निम्ताएको घातक सुनामीका कारण इण्डोनेसियाको जनजीवन अस्त–व्यस्त बनेको छ।
राष्ट्रिय विपद् निकायले अहिलेसम्म ८ सय ३२ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ। सो निकायले बाँचेका तथा मृत मानिसहरुको खोजीलाई निरन्तर जारी राखेको जनाएको छ। संयौ घाइतेको यतिबेला उपचार भइरहेको छ।
इण्डोनेसियाली सरकारका अनुसार मृतकहरुको सामुहिक चिहानमा अन्त्यष्टि गरिने भएको छ। विभिन्न रोगहरुबाट बच्न सामुहिक चिहानमा शवलाई पुर्ने तयारी भएको अधिकारीहरुले बताएका छन्।
शुक्रबार गएको ७ दशमलब ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले घातक सुनामी निम्ताएको थियो। सुलेवासी टापुमा रहेका डोङ्गाला र पालुलाइ क्षेत्रमा भूकम्पले अत्याधिक क्षति पु¥याएको थियो। तर करिब २० फिटको सुनामी उर्लिएपछि डोङ्गाला र पालु पूर्ण रुपमा डुबानमा परेको थियोे। घर, विद्यालय, पुल, लगायतका संरचना भत्किएर ध्वस्त भएका छन्। भवनमुनी मानिसहरु अझै जिउँदै हनुसक्नेभन्दै प्रहरी तथा उद्धारकर्ताले उनीहरुको खोजी गरिरहेको छ। मानवबस्ती यतिबेला बगरमा परिणत भएका छन्।
प्रहरीले ठूला भवनहरु लडेकाले त्यहाँ पुरिएका मानिसलाई निकाल्न अत्याधुनिक उपकरण चाहिने बताएको छ। राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुगरोहोले पालु र डोङ्गालामा संचारको सुविधा तथा भवनहरु पन्छाउन चाहिने उपकरणहरुको कमी भएको बताएका छन्। राष्ट्रपति जोको विडोडोले समेत प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले आफ्नो देशमा घटेको प्राकृतिक विपत्तीमा सहयोगका लागि अन्तर्राष्ट्रिय सहायता स्वीकार गरेका छन्।
nepali khabar
Views: 0