१६ आश्विन २०७५, मंगलवार काठमाडौँः ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको सात कर्मचारीलाई थाई एयरवेजले सेवाबाट अवकाश दिएको छ। एयरवेजले असोज ५ बाट लागू हुनेगरि सात कर्मचारी अवकाश दिएको हो।
अवकाश पाउनेमा हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लाल बहादुर मगर र कपिल राज पुरी रहेका छन्।
मोरङ जिल्ला अदालतको आदेशले उनीहरु पुर्पक्षका लागि थुनामा छन्। थुनामुक्त भई मुद्दाको बाँकी कारबाही अघि बढाउनका लागि उच्च अदालतमा निवेदन दिए पनि आदेश भइसकेको छैन।
एयरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐन अनुसार अवकाश दिइएको जनाएको छ। जिल्ला अदालतको आदेश अनुसार जेठ ८ गतेदेखि उनीहरु थुनामा छन्।
श्रम ऐन २०७४ को दफा १३४(६) अनुसार रोजगारदाता आफैँले उजुरी दिई थुनामा रहेको अवस्थामा बाहेक प्रचलित कानुन बमोजिम थुनामा रहेको अवस्थामा निलम्बन ९० दिनभन्दा बढी भएको अवस्थामा सेवाबाट अवकाश दिन सक्ने व्यवस्था छ।
-pahilo post
Views: 0