किन तोडे टाइगरले दिसासँगको तीन वर्षे लामो सम्बन्ध ? यस्तो छ कारण

२०७५ आश्विन १८, बिहीबार १३:०६ गते २०७५ आश्विन १८, बिहीबार १३:०६ गते २०७५ आश्विन १८, बिहीबार १३:०६ गते

किन तोडे टाइगरले दिसासँगको तीन वर्षे लामो सम्बन्ध ? यस्तो छ कारणएजेन्सी,१८ असोज । तिन वर्ष देखि एक आर्कलाई डेट गरिरहेका अभिनेता टाइगर श्राफ र दिशा पटानीको सम्बन्ध तोडिएको खबर सार्वजनिक भएको छ । केही दिनदेखि विवादमा रहेका यो जोडीले आफुहरुको सम्बन्धमा पूर्णविराम दिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

तीन वर्षदेखि आफुहरुको सम्बन्धलाई जोगाउन हरप्रयासरत उनीहरुको यो सम्बन्ध अब अगाडी बढ्न नसक्ने भएको छ । निकै ठूला ठूला प्रोजेक्टमा व्यस्त रहेका यी दुई आफ्नो सम्बन्धलाई भन्दा पनि काम तिर बढी आकर्षित रहेका छन् । टाइगर ‘स्टुडेन्ट अफ द इयर २’ को छायांकनमा व्यस्त रहेका छन् भने दिशा सलमान खानको फिल्म ‘भारत’ को छायांकनमा व्यस्त रहेकी छन् ।

यी दुईको सम्बन्ध बलिउडमा निकै चर्चामा रहेको भएपनि मिडियामा टाइगरले दिशासँगको सम्बन्धलाई कहिल्यै पनि स्वीकार गरेका थिइनन् । ‘बाघी २’ मा एकसाथ काम गरेका दिशा र टाइगरको यो जोडीलाई सबैले रुचाएका थिए । तर उनीहरुको यो सम्बन्ध लामो समय टिक्न सकेन् ।

यद्यपी यी दुईको सम्बन्धलाई फाटो ल्याउनेमा ‘स्टुडेन्ट अफ द इयर’ की कोस्टर तारालाई लिइएको छ । भारतीय सञ्चार माध्यमको अनुसार तारा र टाइगरको सम्बन्ध नजिक रहेको र फोनमा पनि लामो समय बिताउँछन भन्ने कुरा बाहिरिएको छ । तर उनीहरु बिचको सम्बन्ध के हो भन्ने चासोको विषय बनेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed