माटाेको ढिस्कोले पुरिएर छाेरीको ज्यान गयाे र अामा घाइते

२०७५ आश्विन २०, शनिबार १२:३० गते २०७५ आश्विन २०, शनिबार १२:३० गते २०७५ आश्विन २०, शनिबार १२:३० गते

सल्यानमा माटोको ढिस्कोले पुरिएर शनिबार एक महिलाको ज्यान गएको छ। अर्की भने महिला घाइते भएकी छिन् ।

घटनामा शारदा नगरपालिका वडा नम्बर–८, ज्वालापुरमा बस्ने २१ वर्षीया सन्जु बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दसैं तिहार नजिकिंदै गर्दा घर लिप्नका लागि वडा नम्बर–९ मा रहेको नेपानेको जंगलमा गएर माटो  खन्ने क्रममा ढिस्कोले पुरिएर ४२ वर्षीया लक्ष्मी पुन र उनीकी छोरी सन्जु घाइते भएका थिए ।

घाइतेमध्ये सन्जुको उपचारको लागि अस्पताल पुर्याउँदै गर्दा बीच बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले बताउनुभयो ।

उनकी आमा भने जिल्ला अस्पताल सल्यानमा उपचारपछि घर फर्किएकी छिन् ।  घटना शनिबार बिहान करिब पौने ८ बजे घटेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *