वातावरणविद : रुख कति काट्ने मन्त्रीले भन्ने होइन

२०७५ आश्विन २३, मंगलवार ०१:२४ गते २०७५ आश्विन २३, मंगलवार ०१:२४ गते २०७५ आश्विन २३, मंगलवार ०१:२४ गते

२३ आश्विन २०७५, मंगलवार

काठमाडौं – वातावरणविद्हरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा रूख काट्ने विषय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले बोल्ने भएकाले जथाभावी नबोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सुझाएका छन् । आजको कान्तिपुर को पृष्ठ ९ मा यो समाचार छापिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वअधिकारी वीरेन्द्रकुमार सिंहले विमानस्थलका लागि कति रूख काट्ने र कति क्षेत्रफल चाहिन्छ भन्ने प्रधानमन्त्री र मन्त्रीको विषय नभएको तर्क गरे । ‘कति रूख काट्ने पहिला डीपीआर हुनुपर्‍यो,’ सिंहले भने, ‘प्रधानमन्त्री र मन्त्रीले यति काट्ने, उति काट्ने भन्ने होइन।’

डीपीआरबिनै पहिलो चरणको निर्माण अघि बढाउन भन्दै पर्यटन मन्त्रालयले २५ सय ५६ हेक्टर क्षेत्रफलको रुख काट्ने प्रक्रिया अघि बढाइदिन वन मन्त्रालयलाई झन्डै चार महिनादेखि दबाब दिइरहेको छ ।

-hamro patro

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *