महिलाले हलो जोत्दा अनिष्ट हुन्छ : समाजका अन्धकार लाई चिर्दै शान्तीले सुरु गरिन् हलो जोत्न !

२०७५ आश्विन २५, बिहीबार ०२:४७ गते २०७५ आश्विन २५, बिहीबार ०२:४७ गते २०७५ आश्विन २५, बिहीबार ०२:४७ गते

२५ आश्विन २०७५, बिहिवार 

बझाङ जिल्लामा फेरी अर्काे एक महिलाले हलो जोत्न सुरु गरेकी छन् । महिलाले हलो जोत्दा अनिष्ट हुन्छ, भन्ने परम्परा बझाङमा कायमे छ । तर पनि बझाङकी एक महिलाले भने समाजका अन्धकारलाई चिर्दै आफै हलो जोत्न सुरु गरेकी छन् ।

नेपाल महिला संघकी जिल्ला अध्यक्ष शान्ती बोहरा पुजारले आफ्नै खेतबारीमा हलो जोतेकी हुन् । केहि दिन अघि सुर्मा गाँउपालीकामा आयोजना भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता चलेको समयमा पुजारले हलो जातेकी हुन् ।

आफु माईती घर सुर्मा गाँउपालिका वडा नम्बर १ लकुण्ड गएको समयमा सबै नजिकै भएको विरिजात मेलाको अवसरमा राखिएको क्रिकेट प्रतियोगिता हेर्न गएका थिए । गाँउका सबैले आलु लगाउनका लागि बाँझो खेत जोतिसकेको र आफ्नो माईतीको मात्रै बाँकी रहेको घरमा हलो जोत्न सक्ने काहि पनि नभएका कारण आफुले हलो जोतेको पुजारले बताइन् ।

पुजारका आफ्ना दुई भाईहरु छन् । जसमा एक जना शिक्षक र अर्का एक जना नेपाल आर्मीको लेफ्टिनेन्ट भएका छन् । ‘म माईतीघर गएको समयमा हलो जोत्ने काम मैले गर्छु’ पुजारले भनिन् । ‘२०४४ सालमा बुबा नरपती बोहराको निधनपछि घरको कामको जिम्मा मेरो काँधमा आएको थियो । मैले २०४५/४६ सालतिर हलो जोत्न सुरु गरेकी थिए’ पुजारले भनिन् ।

‘पछि भाईहरु ठुला भएपछि मैले हलो जोत्ने काम छोडेकी हुँ । त्यसपछि मेरो विहे पनि भयो । विहेपछि पनि मैले हलो जोत्ने काम गरिन, किनभने काम गर्ने भाई आफन्तहरु छदै थिए । मैले त्यती काम गर्न परेको थिएन । कहिले काँही मात्रै भाईहरु थाकेको समयमा र उनिहरुले आराम गर्ने समयमा मैले हलो जोतिदिन्थे ।

त्यो दिन पनि घरमा भएका बुहारीहरु पनि हलो जोत्ने मान्छे नभएपछि आलु रोप्नका लागि बाँझो छोडेको जमिन बाउसेले खन्दै थिए । पछि म गएर हलो जोतेकै हुँ’ पुजारले भनिन् । उनले थपिन्, ‘भयो हाम्रो समाजमा महिलाले हलो जोत्दा अनिकाल लाग्ने, घरमा नराम्रो हुने भन्ने अन्धविश्वास अझैं पनि छ । तर मेरो परिवारका कुनै पनि ब्यक्तिहरुले त्यस्तो मान्दैनन् ।

मलाई हलो जोत्न दिन्छन् । बुबाले पनि मलाई सानैमा केटा मान्छेले गर्ने काम बढी सिकाउनुहुन्थ्यो । हलो बनाउन, फाली, गाड्न सबै काम मलाई आउँछ ।’ गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिलाहरु धेरै पीडामा रहेको पुजारको भनाई छ ।

महिलाहरुले हलो जोत्दा अनिष्ट हुन्छ, भन्ने मान्यता अहिले पनि कायमै रहेको समाजले कोहिले प्रसंसा गरेका छन्, भने बुढापाकाले खोईरो समेत खेनेको पुजारा बताउँछन् ।

mechikalikhaber

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *