हेर्नुहोस् दोस्रो विश्वयुद्ध पश्चात गायब भएको हिटलरको खजानाबारे नयाँ तथ्य

२०७५ आश्विन २७, शनिबार १५:५० गते २०७५ आश्विन २७, शनिबार १५:५० गते २०७५ आश्विन २७, शनिबार १५:५० गते

नाजी तानाशाह एडोल्फ हिटलरको खजानका विषयमा विभिन्न अनुमान हुने गरेका छन् । उनको खजानाका बारेमा गरिएका अधिकांश अनुमानहरु कथा जस्तै बनेका छन् । तथापि एक जना पत्रकार सिरिल विस्लरले  हिटलरको खजानका बारेमा केही पहिले नयाँ दाबी गरेका छन् । उनकाअनुसार उक्त खजाना जर्मनीको एउटा सैनिक क्याम्पको तल दबिएको छ । नाजी शासनका बेला लुटिएका सुनका छड, जेवरात र विदेशी मुद्राको सबैभन्दा ठूलो खजाना दोस्रो विश्वयुद्ध पश्चात गायब भएको थियो ।

हालसम्म उक्त खजानको खोजीमा लाखौं प्रयासहरु भएका छन् । तर, यसको बारेमा सत्य–तथ्य जानकारी अहिलेसम्म पनि बाहिर आउन सकेको छैन् । उक्त खजानको मूल्य पाँच अर्बभन्दा बढी भएको अनुमान गरिएको छ । अचम्मको कुरा त के छ भने उक्त खजानालाई जर्मनीको एउटा बैंकमा सुरक्षित राखिएको थियो ।

तर, पछि उक्त खजाना कहाँ गयो भन्ने कुरा रहस्यमय बनेको छ । केहीले उक्त खजानालाई हिटलर आफैंले कुनै अज्ञात स्थानमा राखेका थिए भन्ने अनुमान समेत गर्छन्, त्यस्तै केही अनुसन्धानकर्ताहरुले त उक्त खजाना अष्ट्रियाको कुनै झरनामा लुकाएको समेत अनुमान गरेका छन् ।

के के थियो खजानामा ?

हिटलरको उक्त खजानामा एक सय वटा सुनका छड तथा हिराले भरिएको थियो । जसको मूल्य हाल अर्बाैं पर्ने बताइएको छ । नेदरल्याण्ड निवासी पत्रकार सिरिलले उक्त खजना लुकाइएको ठाउँको बारेमा एउटा कोड बनाइएको र उक्त कोड हिटलरका सेनाले गीतको माध्यमबाट लेखेको दाबी गरेका छन् ।

ती पत्रकारकाअनुसार मार्च इम्प्रम्प्टू नामक राष्ट्रभक्ति गीतमा खजानको कोड उल्लेख गरिएको उनको दाबी छ । उक्त गीतको धुनको मुल कपीमा हिटलरका सहयोगी बोरमेनले केही निशाना छोडेका छन् ।

ती पत्रकारकाअनुसार ती संकेतका आधारमा लगभग दुई वर्षसम्म पटक–पटक उक्त गीत सुनेपछि खजाना राखिएको वास्तविक ठाउँ पत्ता लागेको उनको भनाई छ । पत्रकार सिरिलले जर्मनीको मेटनेवाल्ड आर्मी बेसक्याम्पको तलपट्टी उक्त खजाना दबिएको दाबी गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *