फुटबल संघका पूर्व अध्यक्षमाथि आजिवन प्रतिबन्ध : अाराेप भ्रष्टाचारकाे

२०७५ कार्तिक १४, बुधबार ०४:११ गते २०७५ कार्तिक १४, बुधबार ०४:११ गते २०७५ कार्तिक १४, बुधबार ०४:११ गते

घाना फुटबल संघका पूर्व अध्यक्ष क्वेसी न्यान्ताकीलाई फिफाले आजिवन प्रतिबन्ध लगाएको छ । अफ्रिकन फुटबलका शक्तिशाली ब्यक्तित्व न्यान्ताकीलाई घुस लिएको र भ्रष्टाचार गरेको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएको हो ।

उनी अफ्रिकन फुटबल महासंघका उपाध्यक्ष र फिफा काउन्सिलका सदस्यपनि थिए । बीबीसीको अनुसन्धान विभागको टोलीले दिएको ६५ हजार पाउण्ड लिएपछि उनको आचरणको विषयमा फिफाले अनुशन्धान गरेको थियो । फिफाले उनलाई पाँच लाख अमेरिकी डलर जरिवाना समेत गराएको छ ।

यसअघि गएकाे जुनमा उपहारका रुपमा नगद लिएको भिडियो सार्वजनिक भएपछि उनले घाना फुटबल संघबाट राजिनामा दिएका थिए । -उज्यालो online

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *