चक्लेट र पैसा देखाउँदै नौ वर्षीय बालिका माथि बलात्कार

२०७५ कार्तिक २६, सोमबार १५:५४ गते २०७५ कार्तिक २६, सोमबार १५:५४ गते २०७५ कार्तिक २६, सोमबार १५:५४ गते

गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन्। गाउँपालिका–८ की ९ वर्षीया एक बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ। बालिकालाई सोही ठाउँका १९ वर्षीय सुरेश विकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शुक्रबार भाइटीकाको दिन बेलुका विकले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए। साँझ घरमा बसीरहेकी बालिकालाई एक्लै बोलाई चक्लेट र पैसा देखाउँदै प्रलोभनमा पारेर घरभन्दा करिब दुईसय मिटर भर खोलामा लगेर बलात्कार गरेको पीडित परिवारले दिएको उजुरीमा उल्लेख छ। बालिकालाई बलात्कार गर्ने विक अहिले फरार रहेको प्रहरी निरीक्षक ढुंगानाले बताए। उनको खोजि भइरहेकाे प्रहरीले बताएकाे छ। पीडित बालिकाकाको आइतबार जिल्ला अस्पताल सल्लेमा स्वास्थ्य परिक्षण समेत गरिएको थियो। आइतबार नै पीडितले जिल्ला प्रहरी कार्यालयमा विक विरुद्ध उजुरी दर्ता गराएका छन्।

नागरिक दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed