प्रियंका चोपडा र निक जोनसको विवाहको तस्बिर १८ करोड रुपैयाँमा बिक्री हुने

२०७५ कार्तिक २७, मंगलवार ०६:०७ गते २०७५ कार्तिक २७, मंगलवार ०६:०७ गते २०७५ कार्तिक २७, मंगलवार ०६:०७ गते

बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तस्बिर प्रकाशन गर्न १८ करोड रुपैयाँमा अन्तर्राष्ट्रिय म्यागजिनसँग सम्झौता हस्ताक्षर भएको छ । पछिल्लो समय उनीहरुको विवाहको चर्चा भारतीय सञ्चारमाध्यममा बढीरहेको छ ।

चलचित्रसम्बन्धी खबर प्रकाशित गर्ने वेबसाइट फिल्मफेयर का अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशनका लागि एक अन्तर्राष्ट्रिय म्यागजिनसँग २५ लाख डलर अर्थात् १८ करोड भारतीय रुपैयाँमा सम्झौता हस्ताक्षर भएको छ ।

 

खबरका अनुसार यो हाइप्रोफाइल विवाहको तस्बिर प्रकाशित गर्नका लागि प्रकाशकहरु समावेश भएका थिए । मिडिया रिपोर्टले जनाए अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशन गर्ने म्यागजिनको नाम खुलाइएको छैन ।

उनीहरुको विवाह अर्को महिना राजस्थानको जोधपुरमा हुने तय भएको छ । विवाह जोधपुरको उम्मेद भवनमा हुनेछ । विवाह समारोह ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म चल्नेछ ।

-ujyaalo online

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed