सुस्त मनस्थितिका दुई युवतीलाई फकाएर गरियो यस्ता काम

२०७५ कार्तिक २७, मंगलवार १६:३७ गते २०७५ कार्तिक २७, मंगलवार १६:३७ गते २०७५ कार्तिक २७, मंगलवार १६:३७ गते

नेपालगञ्ज – बाख्रा चराउन गएका सुस्त मनस्थितिका दुई युवती बलात्कृत भएका छन्। नौबस्ताको जंगलमा बाख्रा चराइरहेका १८ र २२ वर्षका सुस्त मनस्थितिका युवतीलाई २१ र २५ वर्षका युवाले बलात्कार गरेका हुन्।

सशस्त्र प्रहरी तालिम केन्द्र, नौबस्ताको नजिकै त्यस्तो घटना भएको हो। बाख्रा चराइरहेका सुस्त मनस्थितिका बालिकालाई देखेपछि त्यही बाटो हिँडिरहेका दुई युवकले एक/एक जनालाई बलात्कार गरेका थिए।

युवकले एकलाई २० र अर्कीलाई १० रुपैयाँसमेत दिएका थिए। १८ वर्षकी किशोरीलाई दश/दशका दुई वटा नोट दिइएको थियो भने २२ वर्षकी युवतीलाई दशको एउटा नोट दिइएको थियो। घटना आइतबार अपरान्हको हो। घटनापछि युवतीले घरमा आएर भनेपछि कुरा प्रहरीकहाँ पुगेको थियो।

प्रहरीले राति घरमै गएर दुवै युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालयका अनुसार, दुवै जनालाई जबरजस्ती करणीमा कारबाही प्रक्रिया अघि बढाइएको छ। दुवै युवकले मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेर गफिँदै हिडेका युवाले जंगलमा दुई युवतीलाई देखेपछि दश र बीस रुपैया दिएर बलात्कार गरेको प्रहरीले बताएको छ।

-देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed