खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने पक्राउ

२०७५ मंसिर ११, मंगलवार १६:२१ गते २०७५ मंसिर ११, मंगलवार १६:२१ गते २०७५ मंसिर ११, मंगलवार १६:२१ गते

धनुषा –जनकपुरमा बाख्रीको मासुलाई खसीको मासु भनेर बेच्ने एक मासु बिक्रेता पक्राउ परेका छन् ।संयुक्त बजार अनुगमन समिति धनुषाले अनुगमनको क्रममा बाख्रीको मासु बेच्ने भारत बिहार उमगाउँ–११, निवासी २४ वर्षका असलम राइनलाई पक्राउ गरेको हो ।

स्थानीयहरुको गुनासोको आधारमा मासु पसलमा अनुगन गर्दा खसीको मासु भनेर बाख्रीको मासु बिक्रि वितरण गरिरहेको अवस्थामा पक्राउ गरेको अनुगमन टोली सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रतिनिधि जितेन्द्रप्रसाद सिंहले बताउनुभयो ।

अनुगमन टोली पुग्ने बितिकै असलमले बाख्रीको मासु लुकाउन खोजेका थिए । जनकपुरको जानकी नगर निवासी  अनिल राइनले सञ्चालन गरेको मासु पसलमा असलमले झण्डै ५ महिनादेखि मजदुरको रुपमा काम गर्दै आएका थिए ।

होटल तथा भोजभतेरमा खसीको मासु अर्डर गर्दा बाख्रीको मासु मिसावट गरेर बिक्रि गर्दै आएको असलमले स्वीकार गरेका छन् । पक्राउ परेका असलमलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाएको अनुगमन समितिले जनाएको छ ।

पसल सञ्चालक अमिन राइन जनकपुर बाहिर रहेको र सम्पर्कमा आएपछि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने अनुगमन टोलीले जनाएको छ ।माछा बजारमा यसअघि झण्डै ३ महिना अगाडि समेत बाख्री बेच्ने एक व्यापारी पक्राउ गरेका थिए । -उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed