निर्मला हत्याकाण्डमा सरकारमा बसेका नै अपराधी हुन सक्छन्: डा. केसी

२०७५ मंसिर ११, मंगलवार १७:०२ गते २०७५ मंसिर ११, मंगलवार १७:०२ गते २०७५ मंसिर ११, मंगलवार १७:०२ गते

कञ्चनपुर – निर्मलाको घटनाको ४ महिना बितिसक्दा पनि अपराधी पत्ता नलागेकाले सरकारमा बसेका नै अपराधी हुनसक्ने डा. गोविन्द केसीले बताउनुभएको छ । मंगलबार कञ्चनपुर पुगेर धर्नामा ऐक्यबद्धता जनाउँदै डा. केसीले घटनाको ४ महिनासम्म अपराधी पत्ता नलाग्नुमा सरकार नै दोषी भएको बताउनुभएको हो ।

उहाँले सरकार कानमा तेल हालेर सुतेको बताउँदै १३ वर्षीया बालिकाको निर्मम तरिकाले हत्या हुँदा पनि सरकारले अपराधी पत्ता नलगाएको बताउँदै त्यसमा सरकारको हात हुन सक्ने बताउनुभएको छ ।

‘एउटी १३ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ’, डा. केसीले भन्नुभयो ‘तर सरकार मुकदर्शक छ ।’  निर्मलाको घटनामा अपराधीलाई जोगाउनकै लागि सरकार मुकदर्शक बनेको उहाँको आरोप छ । घटनाका दोषीलाई पत्ता लगाएर प्रमाण मेट्नेलाई जेल हाल्नु पर्नेमा सरकारले उनीहरुकै संरक्षण गरेको केसीले दावी गर्नुभयो ।

‘यतिका दिनसम्म सरकाले अपराधी पत्ता लगाउनुपर्ने होइन ?’, उल्टै प्रश्न गर्दै उहाँले भन्नुभयो ‘प्रमाण मेट्नेहरु पनि यतिबेला जेलमा हुनु पर्ने हो । तर किन तिनीहरुलाई कारबाही भएन ?’निर्मलाको न्यायका लागि सिंगो देशबासी लागेको बताउदै जनताले न्याय पाएरै छोड्ने उहाँले बताउनुभयो । केसीले निर्मलाको न्यायका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।

-उज्यालो अनलाइन 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed