काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्दा सरकारले भड्किलो प्रचार गरेको भन्दै आपत्ति जनाएको छ।
कांग्रेसले आफ्नो सरकारले पालामा ऐन बनाएर कार्यान्वयनको आधार तयार पारे पनि अहिलेको सरकारले आफ्नै नयाँ कार्यक्रम जसरी भड्किलो प्रचार गरेर जनतालाई भ्रम छरेको आरोप लगाएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय समितिले बैठकले सुरक्षा कार्यक्रम लागू गर्ने क्रममा प्रधानमन्त्रीको फोटो शहरका खम्बाहरुमा टाँसेर पार्टीको निजी कार्यक्रम जस्तो बनाएको भन्दै असन्तुष्टि जनाएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मंसिर ११ गतेदेखि लागू गरिएको छ ।
कांग्रेस केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘यसको सफलता भड्किलो शैलीको झुठो प्रचारले होइन, परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ।’
कांग्रेसले कार्यक्रमको कार्यान्वयनका लागि खबरदारी एवं आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ। यस्तै कांग्रेसले आइतबार समापन भएको एसिया प्यासिफिक समिटमा सरकारको उपस्थितिप्रति पनि असहमति जनाएको छ।
‘काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधानको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको हाम्रो ठहर छ। सरकारको यस्तो संलग्नता र राज्यको साधान र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ, कांग्रेसले भनेको छ ।
विधानमा आइतबार पनि छलफल
केन्द्रीय समिति बैठकमा आइतबार पनि पार्टीको प्रस्तावित विधानमाथि छलफल भएको छ। महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको मस्यौदा समितिले पेश गरेको विधानमाथि मंसिर ९ गतेदेखि छलफल हुँदै आएको छ।
आइतबार दशजना केन्द्रीय सदस्यले विधानमाथि आफ्नो धारणा राखेका छन् ।मुख्य सचिव कृष्णप्रसाद पौडलका अनुसार आइतबार रमेश रिजाल, फरमूल्लाह मन्सुर, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, सुरेन्द्रराज पाण्डे, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे, हरिप्रसाद नेपाल, शिवप्रसाद हुमागाँई र आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्माले बोलेका थिए।

देश संचार
Views: 0