घरेलु हिंसाले बढ्यो मानसिक रोग

२०७५ मंसिर १७, सोमबार १८:४२ गते २०७५ मंसिर १७, सोमबार १८:४२ गते २०७५ मंसिर १७, सोमबार १८:४२ गते

काठमाडौं । पछिल्लो समय घरेलु हिंसा, लैंगिक हिंसा तथा यौनजन्य हिंसाले मानसिक तथा मनोसामाजिक अपाङ्गता बढ्ने गरेको पाइएको छ ।

काठमाडौंमा कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले गरेको कायक्रममा नेपालमा पछिल्लो समय घरेलु हिंसा, लैंगिक हिंसा र यौनजन्य हिंसाले मनोसामाजिक अपाङ्गता बढेको जानकारी दिइएको हो ।

मनोसामाजिक अपाङ्गता भएका मानिसलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनका निर्देशक मातृका देवकोटाले बताए । “मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले आफूमाथि भएको दुर्व्यवहारका बारेमा समाजमा भन्न नसक्ने र भनिहाले पनि उनीहरुको कुरा नपत्याउने प्रवृत्ति बढ्दो  छ,” उनले भने, “समाजले उनीहरुको  समस्या समाजमा तथा घरपरिवामा नसुन्दा अझ मानसिक हिंसामा पर्ने गरेका छन् ।”

मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका मानिसहरुलाई घरभित्र थुन्ने, सिक्रिले बाँधेर राख्ने, गाउँ निकाला गर्ने, उनीहरुलाई बोलाउँदा नराम्रो शब्द प्रयोग गर्ने गरेको अधिवक्ता सुशीला पराजुली बताउँछिन् । उनी भन्छिन्, “मनोसामाजिक अपाङ्गता भएकाहरु उपचारका लागि राजधानी केन्द्रित हुनुपर्यो । सरकारले सातै प्रदेशमा यस्तो अस्पताल बनाउनुपर्यो ।”
नेपालमा कुल नसर्ने रोगहरु मध्येमा १८ प्रतिशत मानसिक रोग हुने गरेको छ । मनोसामाजिक अपाङ्गता गराउने प्रमुख १० समस्यामध्ये ४ वटा मानसिक समस्या नै रहने गरेका छन् ।  २०७२ को भूकम्पपछि  ३४.२ प्रतिशतमा डिप्रेशन र ३३.८ प्रतिशतमा चिन्ताजन्य समस्या तथा  ५.२ प्रतिशतले आघातजन्य मानसिक समस्या देखिएको छ ।

मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका मानिसहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गएको मंसिर २ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार अपाङ्गता व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ६१ बमोजिक अपाङ्गता भएको व्यक्तिको परिचयपत्र कार्यविधि २०७५ नमुना स्वीकृत गरेको छ । जसमा अपाङ्गताको वर्गीकरण गरिएको हो । -१२ खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *