काठमाडौं। काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को सोहौं संस्करण राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा मंसिर २१ देखि २५ गतेसम्म (७ देखि ११ डिसेम्बेर) सुरु भएको छ । महोत्सव आनी छोइङ डोल्मा, जेनिफर पिडम, दावा यामजुम शेर्पा, सरिता मिश्र र लक्ष्मी शर्माले वुमन मुभ माउन्टेनको ब्यानर खोलेर उद्घाटन गरे ।
महोत्सवको सुरुआत अष्ट्रेलियाली डिरेक्टर जेनिफर पिडमको माउन्टेन फिल्मबाट भएको थियो । फिल्म “माउन्टेन” ले पर्वतको सौन्दर्य, रहस्य र अद्भूत शक्तिलाई अतीव सुन्दर ढं¨ले प्रस्तुत गरेको छ ।
यसपटक नेपाल लगायत ३१ वटा देशका ७० भन्दा बढी फिल्म देखाइँदैछ । यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइने छन् ।
काठमाडौं महानगरपालिका सह आयोजक रहेको किम्फ २०१८ को ट्यागलाइन ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको छ । जसको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु हो ।
यस पटक किम्फले नेपाली ट्राभ्लर्ससँग मिलेर ‘ट्राभेल इज एन अटिच्युड’ शीर्षकमा ३५ वर्ष मुनिका युवाहरुको सर्ट फिल्म प्रतियोगिता गर्दैछ । त्यसैगरि नेपाल पानोरमा खण्डमा परेका फिल्महरुमा युवाका प्रतिभा हेर्न पाइन्छ ।
यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अष्टे«लियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेका छन् । जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्महरु मध्येबाट उत्कष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्महरुबाट उत्कृष्ट बृत्तचित्र र कथानक चलचित्रको छनौट गर्नेछ ।
-१२ खरी
Views: 0