सरकारले निर्मलाकाे हत्यारा चाँडै सार्वजनिक गर्ने तयारीमा छ: मन्त्री पोखरेल

२०७५ मंसिर २२, शनिबार २०:४९ गते २०७५ मंसिर २२, शनिबार २०:४९ गते २०७५ मंसिर २२, शनिबार २०:४९ गते
*

काठमाडाैं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने संभावना रहेको बताउनुभएको छ ।

७० औ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा १० औ मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना रहेको बताउनुभएको हो ।

कार्यक्रममा उपस्थित नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई सम्बोधन गर्दे उहाँले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने संभावन रहेको बताउनुभयो । सरकारले पन्तको हत्यारा पत्ता लगाइसकेको र चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिदै उहाँले भन्नुभयो, ‘विधिसम्मत ढंगले सार्वजनिक गर्छौ । तर राजनीतिको ध्येय बोकेकाहरु छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पा जी ख्याल गर्नुहोला ।’

प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उहाँले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दावी गर्नुभयो । उहाँले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, त्यो  अपराधी बाहिर ल्याउँदा यीमध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन ।’

राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभूतिमा सरकारका काम कारबाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए । -उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *