एक किलो नुनको ७० रुपैयाँ !

२०७५ मंसिर २४, सोमबार १३:२७ गते २०७५ मंसिर २४, सोमबार १३:२७ गते २०७५ मंसिर २४, सोमबार १३:२७ गते

मङ्सिर २४, हुम्ला । हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् ।

सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रू. १० मा विक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठओटै वडाका स्थानीयवासीले एक पोका नुनको रू. ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताए । जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरद्वारा बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा रू. ७० तिरेर खानु परेको शाहीले बताए ।

सर्केगाड डिपोमा नुनका लागि ठेकेदारले यतिबेला नुन पुर्‍याउन ढिलाइ गरेका कारण खाने नुनको समस्या भएको सोही गाउँ निवासी कवीन्द्र शाहीले बताए । डिपोमा नुन नहुँदा व्यापारीले खच्चरमार्फत छिमेकी जिल्ला बाजुराबाट ल्याइएको नुन खरीद गरेर चर्कोे मूल्यमा किनेर खानुपरेको शाहीले बताए ।

कसैले दुई दिनको पैदलयात्रा लगाएर जिल्ला सदरमुकाम सिमकोटबाट आफैँले बोकेर ल्याउने गरेका छन् । सिमकोट डिपोमा नुनको समस्या नभएता पनि सर्केगाड गाउँपालिकामा रहेको खाद्य डिपोमा यति बेला नुनको अभाव भएको छ ।

सर्केगाड गाउँपालिकालाई उपशाखा तोकिएता पनि त्यस क्षेत्रका सर्वसाधारण भने यतिबेला मर्कामा परिरहेका छन् । -अभियान

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed