सुतेको बच्चामाथि उफ्रिने अनौठो पर्व

२०७५ मंसिर २४, सोमबार १४:०९ गते २०७५ मंसिर २४, सोमबार १४:०९ गते २०७५ मंसिर २४, सोमबार १४:०९ गते

युरोपेली मुलुक स्पेन अनौठा पर्वहरुका लागि प्रसिद्ध मानिन्छ । कहिले गोरु जुधाउने त कहिले गोलभेँडाको युद्ध । स्पेनमा अर्को अनौठो पर्व पनि मानिन्छ, जसलाई बेबी जम्पिङ्ग फेस्टिबल भनिन्छ ।

यो पर्वमा भुइँमा सुताइएका बच्चाहरुमाथि हाइजम्प जस्तै गरी उफ्रिएर नाघिन्छ ।

यस पर्वमा नवजात शिशुहरुलाई भुइँमा सुताइन्छ । अनि विशेष पहिरन लगाएका पुरुषहरु ती बच्चामाथि उफ्रिएर नाघ्दै दौडिन्छन् । त्यसरी उफ्रिने पुरुषहरुलाई राक्षसको प्रतिक मानिन्छ ।

यसरी नाघिएका बच्चाहरु राक्षसी शक्तिबाट सुरक्षित हुने विश्वास छ । १७ औँ सताब्दीबाट यो पर्व मनाउन थालिएको हो ।

स्पेनको बुर्गोस प्रान्तस्थित क्यास्ट्रिोलोमा मनाइने यो क्याथोलिक पर्वको स्थानीय नाम एल कोलाचो हो ।बच्चा जन्मिएको एक वर्षभित्रमा यस्तो कार्य गर्नुपर्ने मान्यता रहेको छ ।-अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed