तेह्रथुम । छथर गाउ“पालिका १ मार्गापोखरी नजीकै जंगलमा खुकुरीले घा“टी रेटिएको अवस्थामा एक युवती सोमबार फेला परेकी छिन् । बेहोस अवस्थामा फेला परेकी उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लािग बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ पठाइएको छ ।
घाईते अवस्थामा फेला परेकी युवती छथर गाउ“पालिका २ की ३० बर्षिय अविवाहित नमुना बोहोरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमका अनुसार आईतबार राती छथर गाउँपालिका १ डङडङेका कमल शेर्पाको घरमा युवती बोहोरा र धनकुटाको छथर जोरपाटी गाउँपालिका ३ का ४५ बर्षिय लीलावहादुर भण्डारी संगै बास बसेका थिए ।
सोमबार विहानै उठेर दुवै जना नजीकै रहेको धार्मिक आस्थाको मार्गा पोखरी तर्फ लागेका थिए । प्रहरीले दुवै जना विबाह गर्ने सल्लाह अनुसार मार्गा पोखरी तर्फ गएको हुनसक्ने अनुमान गरेको थियो ।
मार्गा पोखरी नजीकै युवतीको झोला, युवकको चप्पल लगायतका सामान फेला परेका छन् । झोलामा सिन्दुर पोते लगायतका अन्य विवाहका समान समेत फेला परेकाले उनीहरु बिवाह गर्नकै लागि घर बाट भागेर मार्गा पोखरी जंगलमा आएको हुन सक्ने प्रहरी निरीक्षक गौतमले बताए ।
युवती बोहोराको अहिले चिन्ताजनक अवस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको घाँटीको अगाडीको नलीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनी संगै रहेका भण्डारी भने विवाहीत रहेको र उनी अहिले फरार रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।-राजधानी डेली
Views: 0