काठमाडौँ – नेपाली काँग्रेसका सदाका प्रतिपक्ष रामचन्द्र पौडेल मच्चियो मच्चियौ थच्चियो को स्थिमिा पुगेका छन् । विगतमा यता उता मिलाएर सधै नेता बनेका र कोइरालाका परिवारको निगाहामा उपसभापति, उपप्रधानमन्त्री र सभामुख समेत पड्काएका पौडेलाई पछिल्लो समय आफ्ना भनेकाले समेत साथ दिन छाडेका छन् ।
कोइराला परिवारले छुट्टै विरासत खडा गर्नेभन्दै एक ठाँउ उभिएका छन् ।
महामन्त्री शंसाक कोइराला, नेता शेखर कोइराला, सुजाता कोइराला, आनन्द ढ्ंगाना लगायतका नेताहरु कोइराला क्याम्पमा उभिएका छन् । यस्तै नुवाकोटे काँग्रेस डा रामशरशण महत, अर्जुननरसिंह केसी पनि कोइराला क्याम्पमा नै उभिएका छन् । पौडेल यी सबैले मलाई नै नेता मान्छन् भन्दै बोहोराटारमा जोखना हेरेर बसीरहेको बेला नेता भने आफ्नै धुव्रबनाउन लागिपरेपछि पौडेल हिस्स बुढी हरिया दाँतको अवस्थामा पुगेका छन् ।
पौडेलाई त अर्जुननरसिंह केसीले पिँध नभएको लोटाको उपमा नै दिएका छन् । मच्चियो मच्चियो थच्चियो भन्ने मात्रे रहेछ पौडेलको पारा भन्दै केसीले अब साथ दिन नसकिने बताएका छन् । त्यसो त काँग्रेसको महासमितिको बैठक सुरु भएको छ । गत प्रतिनिधिसभाको निर्वाचनमा सर्मनाक हार व्योहोरेका काँग्रेसलाई पुनः जीवन दिने भन्दै प्रचार गराएपनि काँग्रेसको व्यवहार नसुध्रेको बताइन्छ ।
सभापति समेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले गर्ने केही राजनीतिक नियुक्तिमा हिस्सा खोजेको बताइन्छ । सरकारसँग हिस्सा खोज्नेले काँग्रेस सक्ने भए भन्दै केही नेताले चर्को विरोध गरेका छन् । सरकारले केही संवैधानिक निकायमा नियुक्ति गर्ने तयारी गरेको छ । उक्त नियुक्तिमा काँग्रेसले हिस्सा खोजेको र संवैधानिक परिषद्को बैठकमा नै बखेडा झिेकेको स्रोतको दावी छ ।
संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका काँग्रेस सभापति देउवाले केही पदमा त हामीलाई पनि जिम्मेवारी दिनु प¥यो नी भन्दै भनेको बताइन्छ ।
सरकारले महिला आयोग, दलित आयोग, मुस्लिम आयोग, मधेशी आयोग जस्ता संवैधानिक आयोगमा नियुक्तिको तयारी गरेको छ । यस्तै प्रधानन्यायाधीशमा समेत नयाँ नियुक्ति गर्नुपर्ने कार्यसूची परिषद्को छ । तर देउवाले ती निकायमा आफ्नो हिस्सा खोजेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । देउवाले सर्वोच्च अदालतमा खाली भएका न्यायाधीशमा समेत आफ्नो भागमा सिट छुट्याउन भनेका छन् । देउवाको लिढे ढिपीका कारण परिषद् बैठकमा कुनै पनि निर्णय हुन सकेको छैन ।
परिषद्मा उनले मुखै खोलेर राजनीतिक नियुक्तिमा ४० प्रतिशत हिस्सा खोजेका छन् । उनले खोजेको हिस्सा दिन नसकिने नेकपाका नेताहरु बताउँछन् । नेकपाका नेता तथा कार्यकर्तालाई नै भाग पु¥याउन सकिएको छैन, कसरी काँग्रेसलाई दिने भन्दै परिषद्मा नै देउवाको प्रस्तावलाई अस्वीकार गरिदिएपछि उनी बैठकमा सहभागी नभएको बताइन्छ । त्यसो त राजनीतिक नियुक्तिमा हिस्सा खोजे पछि काँग्रेस भित्र उनको भूमिकालाई लिएर चर्को आलोचना भएको छ । उनका भित्रिया बाहेक अरु काँग्रेसी नेताले देउवाले काँग्रेस ओलीलाई जिम्मा लगाउने भए भन्दै हिड्न थालेका छन् ।
त्यसो त देउवाले जापानकी राजदूत रहेकी आफ्नी सासू प्रतिभा राणालाई फिर्ता नबोलाउन समेत प्रधानमन्त्रीलाई आग्रह गरेको स्रोतको दावी छ । अरु जो जोलाई फिर्ता बोलाएपनि आमालाई भने त्यसो नगरिदनुस् है भन्दै उनले भनेको बताइन्छ । राजनीतकि नियुक्तिमा हिस्सा खोज्ने, सासूलाई फिर्ता नबोलाउन भन्दै सरकारसँग साझेदारी गरेको भन्दै काँग्रेस भित्र भूसको आगो सल्किएको छ ।
त्यसो त राज्यसत्ताको तर मार्न पल्केका काँग्रेसीले विभिन्न आयोजनाका प्रमुखलाई फोन गरी महासमिति बैठकलाई सहयोग गर्नु प¥यो भन्दै चन्दा समेत उठाएको बताइन्छ । विभिन्न जलविद्युत् आयेजनाका प्रमुखलाई सवारी साधन उपलब्ध गराइदिन भनेको बताइन्छ । त्यसो त काँग्रेसले केही व्यापारीसँग महासमितिका लागि भन्दै मोटो रकम उठाएपनि पार्टीलाई भने जानकारी दिएका छैनन् । -आजको अर्थ
Views: 0