एटीएममा किन हुन्छ चार अंकको पिन नम्बर ? सबैले जान्नैपर्नी सूचना।

२०७५ पुष ४, बुधबार २२:०३ गते २०७५ पुष ४, बुधबार २२:०३ गते २०७५ पुष ४, बुधबार २२:०३ गते

एटीएम अर्थात् (अटोमेटिक टेलर मेसिन) । चाहिएको समयमा पैसा झिक्न मिल्ने भएकाले कतिपयले ‘एनिटाइम मनी’ पनि भन्ने गरेका छन् । पैसा झिक्न सजिलो हुने भएकाले यसको प्रयोग दिनानुदिन बढ्दै गएको छ । तर, धेरैलाई एटीएमको पिन नम्बर मात्र चार अंकको किन हुन्छ ? भन्ने रहस्य थाहा नहोला ।

सामान्यतया पासवर्ड ६, ८ या त्यो भन्दा बढी अंक या अक्षरको हुने गर्दछ । तर एटीएमको पिन नम्बर अर्थात् पासवर्ड मात्र चार अंकको हुने गर्दछ । जवकी नगदको कारोवार हुने एटीएमको पिन अन्य पासवर्डको तुलनामा अझ सुरक्षित हुनुपर्ने हो । छिमेकी मुलुक भारतको सिलाङमा जन्मिएका जोन शेफर्ड बैरनले बाथरुममा बसेर एटीएमको परिकल्पना र सुरुवात गरेका थिए ।

परिकल्पनालाई पूरा गर्न उनले बेलायतको बारक्लेज बैंकको प्रमुख कार्यकारीसँग सम्झौता गरे र काम सुरु गरे । आफ्नो रकमको सुरक्षाका लागि बैरनलाई एटीएममा पासवर्ड राख्न प्रस्ताव गरियो । ६ अंकको आर्मी नम्बर थाहा भएका बैरनले त्यसैलाई पिन नम्बर राख्न चाहना गरेपिन उनकी श्रीमतीले भने चार अंक भन्दा बढी याद राख्न नसकिने जनाएपछि बैरनले चार अंकसहितको एटीएम सुरक्षा प्रणाली सुरु गरे ।

त्यसयता, विश्वभरी एटीएमको पिन नम्बर चार अंकको मात्र हुने गर्दछ । सन् १९६७ मा संसारको पहिलो एटीएम मेसिन लण्डनको एक बैंकबाट सुरु गरिएको थियो । टिभी श्रृंखला ‘अन द बसेज’ का रेग वार्ने एनफिल्ड बारक्लेज बैंकबाट एटीएम मेसिनमा पैसा निकाल्ने पहिलो नागरिक बनेका थिए ।

-लाइभमाण्डौ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *