एउटी बुढी थिइन् ।
उनको एउटा छोरो थियो ।
उसलाई DV परेर अमेरिका गएको थियो । एकदिन
छोराले फोन गरेर भन्यो: “आमा म नेपाल आउँदैछु ।”
छोराको कुराले आमा असाध्यै खुशी भइन् ।
छोरो आउने
दिन गन्न थालिन् । एकदिन छोरो आयो ।
आमा खुशी भइन् । केहि दिनपछि छोराले भन्यो:
“आमा अब यो नेपालको सबै सम्पत्ती बेचेर
हामी अमेरिका जानुपर्छ ।”
आमालाई
आफ्नोपुर्ख्यौली सम्पत्ती बेच्ने मन त
थिएन
तर आफ्नो मुटुको टुक्रा छोरा नै अमेरिका भए
पछि छोरैसँग उतै जान्छु भन्ने बिचारले बेच्ने
मञ्जुरी दिइन् । सबै
सम्पत्ती बेचेपछि छोराले भन्यो:
आमा आज हामी अमेरिका जानुपर्छl
छोराले आमालाई एयरपोर्ट लिएर गयो ।
एयरपोर्टमा गएर प्रतिक्षालयमा बसाउँदै भन्यो:
आमा तपाई एकैछिन बस्दै गर्नु म टिकट लिएर आउँछु ।
यति भनेर छोरो भित्र गयो ।
आधा घण्टा भयो छोरो आएन । 2 घन्टा बित्यो 5
घन्टा बित्यो छोरो आएन । अझै छोरो आउने
आशमा बसिरहिन् । रातको 12
बजिसक्यो तैपनी छोरो आएन । एउटा एयरपोर्ट
कर्मचारी आएर भन्यो: आमा तपाई धेरै बेर
देखि यहि बसेको देखेको छु । किन बस्नु
भाको कोही बिदेशबाट आउँदैछ र ?
बुढी: होइन बाबु ।
मेरो छोरो अमेरिका जानको लागि टिकट काट्न गाछ ।
उसैलाई कुरेर बसेको ।
कर्मचारी: अमेरिका? अमेरिका जाने प्लेन त 3 बजे नै
गइसक्यो । तपाईको छोराको नाम के हो ?
बुढीले छोराको नाम भनेपछि कर्मचारीले
अमेरिका जाने
लिष्टमा चेक गरेर भन्यो: आमा तपाइको छोरो त 3
बजेको प्लेनमा गइसक्नु भएछ ।
कर्मचारीको कुरा सुन्ने बित्तिकै
बुढी केही बोल्न
सकिनन् । आँखाबाट आँशु मात्र खसिरह्यो ।
एकोहोरी भइन् । उनी त्यहाँबाट हिडिन्
। घर जाउँ
घर छैन अब बाँचेर के गर्नु भनेर नदिमा हाम्फालेर
आत्महत्या गरिन् ।
केहि समय
पछि हल्ला सुनियो त्यो बुढीको छोरो पनि अमेरिका ठूलो दुर्घटना परि मर्यो रेl
शिक्षा: आमालाई भन्दा ठूलो सम्पत्तीलाई ठान्नु
हुन्न
। जसले आमालाई धोका दिन्छ उसले
यही जुनी मै सजायँ
पाउँछ ।
आफ्नो आमालाई सधैं माया गर्नुहोस्….!!
“आमाको माया कस्तो हुन्छ गर्भै देखि बुझाउछन भगवानले……
आमाको गर्भ भित्र बसेको बच्चाले भगवान संग सोधेछ…….
“भगवान मेरो भोलि जन्म हुनेछ तर कसरि म एक्लै बस्न सक्छु जब कि म सानो र बेसहारा हुनेछु????
भागवान ले मन्द मुस्कान सहित त्यो अबोध बच्चा लाई भन्नुहुन्छ…..”तिम्रो हेरचाह गर्ने परी तिमीलाई नौ महिना अघी देखी कुरिरहेकी छिन्!!
“बच्चाले तुरुन्तै सोध्यो फेरी ” तर यहा त म हास्दै गाउदै खुसि भएर बसेको छु अनि त्यहाँ…..???
…भगवान “अब तिम्रो लागि गाउने अनि हास्ने हसाउने पनि त्यही परिले नै गर्नेछिन उसको मायाले तिमि सधै खुसी हुनेछौ ”
फेरी बच्चाले सोध्यो ” जब मानिसहरुले म संग कुरा गर्छन मलाई त उनीहरुको भाषा नै आउदैन अनि कसरि म बुज्छु ?”
भगवान ” तिम्री परीले तिमीले कहिले नसुनेको राम्रा र मिठा मिठा कुरा हरु सिकाउछिन अनि तेसरी नै बोल्न पनि सिकाउनेछिन!तिमीले बोल्न नसकेको कुरा पनि सजिलै बुज्ने छिन ति परिले ”
“जब मलाई तपाईसंग कुरा गर्न मन लाग्छ म के गरौ भागवान त्यहाँ गएर?” बच्चाले सोध्यो
भगवान ” तिम्री परीले तिमीलाई हात जोडेर मेरो प्रार्थना गर्न सिकाउछिन,
बच्चाले सोध्यो ” मलाई कसले सहारा दिएर बचाउछ ?”
भगवान ” तिम्री परीले सबै दुख संग लडेर तिमीलाई बचाउनेछिन होईन भने हेर तिमी रमाउदा कत्ती दुख पुगेको हुन्छ उनलाई तिमी हात खुट्टा चलाएर खुशी मनाउछौ त्यो पिडा को बाप्जुत पनि तिमी आउने दिन गनेर बसेकी छिन तिम्री परी ”
बच्चाले सोध्यो “तर म तपाइलाई नदेखेर दुखि हुनेछु ”
भगवान ” तिम्री परीले मलाई भेट्ने कसरि भनेर बताउछिन जब मेरो याद आउछ तिमीले तिम्री परिको अनुहार हेर्नु त्यहाँ मलाई पाउनेछौ!!
त्यो सान्त बाताबाराण मा एक्कासी पृथिबीको कोलाहल बच्चाले सुन्छ र हतार हतार सोधिहाल्छ
“यदी मलाई अहिले नै त्यो त्यहाँ पठाउन लाग्नु भएको भने मैले मेरो परिलाई कसरी चिन्नु त्यत्रो कोलाहल मा मलाई मेरो परिको नाम ब ताइदिनुस्न..???
भागवान ले छिट्टो अनि एकै शब्द बच्चालाई सिकाएर पठाउनु हुन्छ तिमि उनलाई केवल “आमा”मात्र भनेर बोलाऊ “तेस्पछी पृथिबी मा तिमीलाई कहिले केहि कुराको दुख हुँदैन !
वास्तब मा आमा को माया अपरम्पार छ सृस्टिका सबै आमा हरु को ममता लाई बुज्ने महसुस गर्ने कोसिस गरौ,
मेरो आमा मात्र हैन, सम्पुर्ण नारि मेरो लागि भगवान हो, जय नारि, मिस यु लब यु आमा । कथा सबैकी प्यारी आमालाई समर्पित रहेको छ ! सेयर गर्न नभुल्नु होला ! npmasala बाट साभार
Views: 0