बोल्दा कामै नगरी बोल्यो भन्छन्, नबोली बस्यो सोध्छन्-सरकार के गर्दैछ : प्रधानमन्त्री

२०७५ पुष २३, सोमबार २०:१० गते २०७५ पुष २३, सोमबार २०:१० गते २०७५ पुष २३, सोमबार २०:१० गते

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बोल्दा पनि नबोल्दा पनि सुख नपाएको गुनासो गरेका छन्।

प्रतिनिधि सभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोल्दा कामै नगरी बोल्यो भन्ने र नबोल्दा सरकार के गर्दैछ भनी सोध्ने अनौठो व्यवहार देखिएको बताए।

‘बोल्दा पनि कामै नगरी बोल्यो भनिन्छ। नबोली बस्यो सरकार के गर्दैछ भनेर प्रश्न गरिन्छ,’ प्रधानमन्त्रीले भने,‘ मलाई तर्क र बहस गर्नुछैन। गर्नु छ त विकास।’

उनले संसदमा उठेका रंगीविरंगी यस्ता प्रश्नको जवाफ दिनुभन्दा पनि सरकारले १० महिनामा गरेका कामको चर्चा गर्न आफू संसदमा आएको बताए।

त्यसपछि उनले सरकारले गरेका विभिन्न कामको चर्चा गरे। प्रधानमन्त्रीको सम्बोधन जारी छ।

source SetoPati

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *