टिभी हेर्न बोलाएर ९ वर्षीया बालिकाको बलात्कार ,चक्कु देखाएर दिइयो मार्ने धम्की (भिडियो हेर्नुहोस)

२०७५ पुष २५, बुधबार ०८:२३ गते २०७५ पुष २५, बुधबार ०८:२३ गते २०७५ पुष २५, बुधबार ०८:२३ गते

अछामकी ९ बर्षीय बालिकाको बलात्कार भयो तर बलात्कारीले कुनै सजाय पाएन। पिडित बालिकाको बलात्कारपछि प्रहरीसमक्ष उजुरी गर्दा प्रहरीबाट कुनै न्याय पाए पछि उनकी आमा न्यायको खोजीमा अछाम देखि काठमाडौँ आएकी छिन्। यो घट्ना वि.स २०७३ साल मङ्सिर ४ गतेको हो। त्यस रात टिभी हेर्न बाहनामा बोलाएर बालिकामाथि बलात्कार भएको थियो।फुपुको छोरीलाई सुत्केरी ब्यथा लागे पछि उनी छोराछोरीलाई सुताएर सुत्केरी हेर्न गएकी थिइन्।

बलात्कार घटनाका अभियुक्तले टिभी हेर्न आफ्नो घर बोलाए। अभियुक्तकी आमाले टिभी हेर्दै गर्दा त्यही सुत्न लगाइन। १२ बजेको समयतिर मार्दिन्छु भनेर धम्की दिएर बलात्कार गरेका थिए। पछि बालिका चिच्याउदा अभियुक्तकी आमा उठिन। आमाले उठेपछि छोरालाई गाली गर्नु साटो चक्कु देखाएर अरुलाई भनेको खण्डमा मार्दिने त्रास देखाएको पिडितकी आमाको भनाई छ।

उनको छोरीले डरका कारण घट्ना घटेको १३ दिनपछि मात्रै बताइन। त्यसपछि पिडितकी आमाले उजुरी गरिन। उजुरी पछि उनलाई नै डी.एस.पीसँग अनैतिकसम्बन्ध राख्न गएको भनेर चरित्रहत्या गरेको उनको भनाई छ। पिडितको आमाको अनुसार, प्रहरीले उजुरी गरेपछि १५ दिनमा हिरासत राखियो र अदालतमा लगियो। अदालतबाट बलात्कारका अभियुक पनि नाबालक भएको कारण सुधार गृह र परिवारमा पनि राख्ने निर्यण भयो।

जुन एउटा त्रुटीपूर्ण निर्यण थियो जुन अन्याय भएको उनको भनाई छ।घट्नाका अभियुक्तका परिवार उनको छिमेकी थिए। जोसँग सामान्य चिनजान मात्रै थियो। पिडितकी आमा महिला बालबालिकाको क्षेत्रमा आबद्ध छिन्। अरुको न्यायमा आवाज उठाउने व्यक्ति नै अहिले न्यायको लागि भौतारिनु परेको गुनासो पोखिन। नेपाल कांग्रेसकी नेत्री मोना भण्डारीले सरकारी वोकिललाई उनको बारेमा नराम्रा कुरा गरेको र पछि त्यही वोकिलले पिडितकी आमालाई बताइन।

महिला विकासका मुख्य कार्यकर्ता मंजु महत र उप मयेर सरिता उपाधाय मिलेर उनीमाथि अनेक लाल्छना लगाएको उनको आरोप छ। उनी आजित भएर राजधानी आइन। अहिले यहाँको अदालतले पनि अछाममा त्रुटीपूर्ण फैसला भएको जनाएको उनले बताइन।अभियुक्तका सम्रक्षण गर्ने राजनितिक पहुँच र पैसाकोशक्ति भएका व्यक्तिहरुको कारण आफ्नो छोरीले उचित न्याय नपाएको उनको गुनासो छ। अहिले पनि उनलाई ज्यान मार्ने धम्कि आइरहेको छ। कुनैबेला सामाजिक अभियान्तामा लागेकी महिला अहिले राजधानीमा अर्काको झुठो भाँडा माझेर बस्न बाध्य छिन्। न्यायको लागि उनी निकै संघर्ष गरिरहेकी छिन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *