राजधानीका ५ ठाउँमा विद्युतीय चार्जिङ स्टेशन

२०७५ माघ २, बुधबार २१:५८ गते २०७५ माघ २, बुधबार २१:५८ गते २०७५ माघ २, बुधबार २१:५८ गते

विद्युतीय सवारी साधनका लागि सरकारले नै चार्जिङ स्टेशन बनाइदिने भएको छ। जलवायु परिवर्तन र वायु प्रदूषणबाट बच्न विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिने अवधारणा सरकारले ल्याएको हो।

वातावरण विभागले चालू आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकाका कम्तिमा ५ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। पहिलो पटक ललितपुरको पुलचोकस्थित साझा यातायातको कम्पाउण्डमा यस्तो चार्जिङ स्टेशन राख्ने बुधवार समझदारी भएको छ।

विभाग, विद्युतीय सवारी साधन सञ्चालक र बिक्रेताबीच यस्तो समझदारी भएको हो। विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडी र किया मोटर्स तथा सार्वजनिक सवारीसाधन सञ्चालक साझा यातायात र सुन्दर यातायात प्रालिका प्रतिनिधिहरूले उक्त निर्णय लिएका हुन्।

सुन्दर यातायात प्रालिले सबैखाले विद्युतीय गाडीलाई मिल्ने प्रकारको ‘चार्जिङ मेसिन’ काठमाडौं ल्याइसकेको छ। उक्त मेसिन आधुनिक र ठूला-साना सबै किसिमका गाडीमा प्रयोग गर्न सकिने खालको भएको साझा यातायात प्रालिका सञ्चालक समिति अध्यक्ष भुषणराज तुलाधरले बताए।

किया मोटर्सले पनि नेपालको विद्युत् प्रणालीमा प्राप्त भोल्टेजसँग मिल्दो खालको मेसिन ल्याइएकाले यसले राम्रोसँग काम गर्ने बताएको छ। विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार व्यवसायी र सरोकारवालाहरूसँग छलफल गरेर चाँडै ‘चार्जिङ स्टेशन’ सम्बन्धी अवधारणापत्र तयार पारिनेछ। त्यसपछि नयाँ ठाउँको पहिचान गर्दै स्टेशन थप्न थालिने उनले जानकारी दिए।हिमाल खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *