काठमाडौं- समयनुसार विकास र प्रबिधिको पनि विकास हुदै छ | संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन गर्दछन्।
तर अब तपाईको मोबाइलको लक खोल्न हामी सजिला पाँच उपाय बताउँदैछौं ।
- १. यदि तपाईँले मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो भने मोबाइललाई केहीबेर स्विचअफ गर्नुस्।
- २. त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटम, होम स्क्रिन बटम र पावर बटम एकै पटक दबाउनुस्।
- ३. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँवटा अप्सन देखिनेछन् ।
- रिबुट डाटा(reboot Data)
वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset)
इन्स्टल अपडेट(Install Update)
पावर डाउन (Power down) र एड्भान्स अप्सन(Advance Options) - जसमा तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस्।
- ४. वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँछ।जसमा एस (Yes) सेलेक्ट गर्नुस्। तर त्यसो गर्दा तपाईँको फोनको तस्बिर, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ। यसो गर्नुअघि सोच्नु जरुरी छ ।
- ५. यी सबै ४ नम्बरको प्रक्रियामा आधारित हुनेछ। जसले केही समय लिन सक्छ। यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस्। त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ ।
सभार:मेचिकाली खबर
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0