सरकारका पछिल्ला कदमहरु प्रतिपक्षी दलप्रति असहिष्षुण देखिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीको ‘सामना’भन्दा पनि ‘भाग्ने’ रणनीति लिएको आभाष भएको छ । प्रधानमन्त्री ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भेटनका लागि विगत ३ दिनदेखि लगातार प्रयास गर्दामा ‘व्यस्थ’ भन्दै समय दिइएको छैन ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा राजधानी बाहिर रहेका बेला आइतबार, सोमबार र मंगलबार प्रधानमन्त्री ओलीसँग भेट गर्न चाहेको सन्देश पठाए । तर, प्रधानमन्त्री सचिवालयबाट ‘समय नभएको’ जवाफ आयो ।
नेता पौडलका सहयोगी चिरञ्जीवी अधिकारीले मंगलबार साँझ डीसी नेपालसँग भने, ‘नेता पौडेल प्रधानमन्त्रीसँग भेट्ने समय कुरेर बस्नु भएको थियो, तर समय दिइएन, भोली पर्सीलाई भनिएको छ, अँझै समय निश्चित भएको छैन ।’
सामान्यतया संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षीलाई छाया सरकारका रुपमा मान्यता किन दिइन्छ भने सरकारले गरेका ‘गलत’ कामको खबदारी होस भनेर । र प्रतिपक्षी दलले पनि सरकारबाट हुन लागेका यस्ता कामलाई सचेत गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछन् । तर, प्रधानमन्त्री ओलीले प्रतिपक्षीलाई भेट्ने समय नै नदिएर ‘भागिररहेका छन् ।’
यसकारण भाग्दैछन् :
सोमबार सिहंदरबारमा पत्रकार सम्मेलन गरेर काँग्रे्स नेता रामचन्द्र पौडलले सरकारले गर्न लागेको एक कामप्रति आक्रोश पोखे । प्रधानमन्त्रीलाई भेट्ने प्रयास असफल भएपछि अकस्मात पत्रकार सम्मेलन गरेका पौडेलले काँग्रेस सभापतिरु पूर्वपधानमन्त्री गिरिजा प्रसाद कोइराला र सशील कोइरालको नाममा रहेका दुई वटा अस्पताल विघटन गर्ने सरकारको ‘नियत’प्रति आक्रोश व्यक्त गरे ।
तनहुँमा गिरिजाप्रसाद कोइरालाका नाममा श्वासप्रश्वास र बाँकेको खजुरमा सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल सञ्चालनमा छन् । यी अस्पताल अँझै पूर्ण रुपमा सञ्चालन नभइरहेका बेला सरकारले यी दुबै अस्पताललाई विघटन गर्ने प्रक्रिया अगाडि बढाएको भन्दै काँग्रेसले सरकारको रवैयाप्रति आक्रमक बन्ने नीति लिएको छ ।
काँग्रेसले आफुलाई प्राप्त सूचनाअनुसार संघीय सरकार अन्तगर्त राख्ने गरी स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पतालको सूची पठाएकोमा सरकारले यी दुई अस्पतालबाहेक अन्यबारेमा निर्णय गरेको बताएको छ । यी दुई अस्पतालबारे निर्णय नगर्नु भनेको विघटनको प्रक्रिया अगाडि बढाएको रुपमा काँग्रेसले बुझेको छ ।
१० वर्षे माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरमा नेतृत्वदायी भूमिका खेलेका र प्रमुख जनजिर्वाजित राष्ट्र प्रमुखको भूमिका निभाएका स्वर्गीय गिरिजा प्रसाद कोइरालको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्ने प्रयास गर्नु सरकारको प्रतिपक्षीप्रतिको असहिष्षुण व्यवहार भएको काँग्रेसले जनाएको छ । यस्तै मौजुदा संविधान जारीमा नेतृत्व गरेका सादगी नेता स्वर्गीय सुशील कोइरालाको नाममा स्थापना गरिएको क्यान्सर अस्पताल विघटन गर्नु पनि अनुचित भएको काँग्रेसको ठहर छ ।
यी विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन काँग्रेस नेताहरुले प्रधानमन्त्रीलाई भेट्न खोजिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले भने समय दिएका छैनन् ।
प्रधानमन्त्रीले यो विषयमा तर्कसंग रुपमा प्रतिपक्षीको चित्त बुझाउन नसक्ने भएकाले भेट्न नखोजेको हुन सक्ने विश्लेषकहरु बताउँछन् । हुन पनि के कारणले यी अस्पतालबारे निर्णय गरिने प्रधानमन्त्री ओलीले तार्किक जवाफ दिने ठाउँ छैन ।
किनभने तत्कालिन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापित अस्पतालबारे निर्णय भने भएको छ । यसैले आफ्ना पार्टीका नेताको नाममा स्थापना भएका अस्पतालको निर्णय गर्ने तर, काँग्रेसका नेताहरुको नाममा स्थापना भएका अस्पताललाई विघटन गर्ने प्रधानमन्त्री ओलीको नीति तर्क संगत देखिँदैन ।
यद्यपी काँग्रेस नेताहरुले प्रधानमन्त्रीले भेटका लागि समय दिनेमा अँझै आश भने मारिसकेका छैन । नेता पौडेलका सहयोगी अधिकारीले बिहीबारसम्म भेट हुनेमा नेता पौडल आशावादी रहेको बताए ।
यसपछि पनि भेट भएन भने सायद काँग्रेसले संसदमा यो विषयमा कुरा उठाने छ ।dcnepal
Views: 0