५ माघ, काठमाडाैँ । नेपाली कांग्रेस चितवनका संस्थापक समेत रहेका पूर्व सभापति एवं सांसद तीर्थराज भुषालले नेपाली कांग्रेस परित्याग गरी नेकपमा प्रवेश गरेका छन् ।
शनिबार अपरान्ह पार्टी कार्यालय धुमबाराहीमा नेकपा अध्यक्षद्वव केपी शर्मा ओली र पुष्पकमल दाहालले उनलाई भब्य स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल तीव्र आर्थिक विकासको बाटोमा अघि बढेको र नेपाल सबैभन्दा तीव्र रुपमा आर्थिक विकासमा अगाडि बढेको देश हो भन्दा अचम्म नमान्न आग्रह गरे ।
हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्रीले गरेको सम्बोधन
प्रधानमन्त्री ओलीले नेपालीको प्रतिव्यक्ति आयलाई हेर्न अनुरोध गर्दै तथ्यगत कुरा गर्दा आफूलाई तथ्यांकमा खेल्ने गरेको आरोप लाग्ने गरेको पनि बताए ।
प्रधानमन्त्री ओलीले देश आर्थिक विकासको बाटोमा अगाडि बढीसकेको दावी गरे। उनले राजनीतिको लामो यात्रा पूरा गरेको भन्दै अबको यात्रा विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताए ।
Views: 0