आज मुलुकभर आंशिक बदली र हल्का वर्षाको सम्भावना

२०७५ माघ १०, बिहीबार १२:२३ गते २०७५ माघ १०, बिहीबार १२:२३ गते २०७५ माघ १०, बिहीबार १२:२३ गते

काठमाडौँ, १० माघ : आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्छ ।शनिबार पनि मौसममा बदलीका साथै हल्का वर्षाको सम्भावना रहेको र हिमाली भेगका केही स्थानमा हिमपात हुनसक्ने बताइएको छ । रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *