आफ्ना श्रीमानलाई धाका दिँदै एक श्रीमती प्रेमीसँग होटलमा यौनमा लिप्त थिइन् । त्यही बेला उनका श्रीमान् त्यहाँ आइपुगे । श्रीमतीको यस्तो रुप देखेपछि श्रीमान रिसले आगो भए र श्रीमती र प्रेमीलाई कुट्न थाले । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले जे जवाफ दियो त्यसले सबै आश्चर्यचकित भएका छन् ।
घटना भारतको अमृतसरको हो । यहाँको एक होटलमा एक व्यक्तिले आफ्नी पत्नीलाई अर्कै पुरुषसँग यौनमा लिप्त भेट्टाएका थिए । ती पतिलाई आफ्नी पत्नीमाथि पहिल्यै शंका थियो । उनलाई शंका थियो कि उनकी पत्नी आफन्तकहाँ जाने भनेर झुट बोली अमृतसर आउँथिन् । हरिंदर सिंह नामका ती व्यक्तिको विवाह १० वर्ष अघि भएको थियो । उनका दुई सन्तान पनि छन् । हरिंदरलाई केही महिना पहिले आफ्नी पत्नीको व्यवहारमा शंका लाग्न थालेको थियो ।
शंका लागेपछि उनले आफैंले पत्नीलाई अमृतसर पठाउ थाले ताकि उनलाई रंगेहात समात्न सकियोस् । उनको यो ट्रिकले काम पनि गर्यो र उनी पत्नीलाई रंगेहात समात्न सफल पनि भए । हरिंदरले पत्नीलाई रंगेहात होटलमा समात्दा उनका आफन्त पनि हरिंदरसँगै थिए । त्यसपछि घटनास्थलमा प्रहरी आयो ।
हरिंदरका परिवारले उनकी पत्नी र उनका प्रेमीमाथि कारवाहीको माग गरेका थिए तर प्रहरीले आफूले केही गर्न नसक्ने बतायो । झण्डै १ महिनाअघि भारतको सर्वोच्च अदालतले विवाहपछि पनि दुवैको सहमतिमा बयस्क महिला पुरुषले बनाएको सम्बन्ध अपराध नहुने फैसला गरेको थियो । यही कारण प्रहरीले यो सम्बन्ध अपराध नहुने भन्दै हरिंदरकी पत्नी र उनका प्रेमीलाई छोडिदिएको छ ।
Views: 0