नेपालमै घट्यो यस्तो दुखद घटना : श्रीमान श्रीमती एउटै चितामा, कसरी भयो यस्तो ?

२०७५ माघ २२, मंगलवार २०:०४ गते २०७५ माघ २२, मंगलवार २०:०४ गते २०७५ माघ २२, मंगलवार २०:०४ गते

बाँकेको राप्ती सोनारी गाउँपालिको शम्शेरगञ्जमा बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ । आइतबार नेपालगञ्जबाट दाङ तर्फ जादै गरेको भे ५ प ४२४ नम्बरको मोटरसाइकललाई ना ४ ख ५६५३ नम्बरको बसले शम्शेरगञ्जमा ठक्कर दिदा सो दुर्घटना भएको थियो । मृत्यू हुनेमा मोटरसाइकलमा सवार दाङ शान्तिनगरका ढक बहादुर केसी र उहाँकी श्रीमती सिता केसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

श्रीमानको दुर्घटनास्थलमा नै मृत्यू भएको थियो भने श्रीमतीको उपचारका क्रममा आज बिहान भारतको लखनउमा मृत्यू भएको थियो । सिता शान्तिनगर ३ स्थीत विपि उमावि वयालेकी पूर्व विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष समेत हुन् ।

शोकमा आज एक दिन विद्यालय बन्द हुने भएको छ । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । मृतक श्रीमान श्रीमतीको शव भेरि अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आजै दाङ लगिने प्रहरीले बताएको छ।

newssansar बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *