केयुका विद्यार्थीले संसारकै उत्कृष्ट मेकानिकलाई चुनौती दिदै बनाए ‘विश्वकै नमुना कार’

२०७५ फाल्गुन १, बुधबार १२:२४ गते २०७५ फाल्गुन १, बुधबार १२:२४ गते २०७५ फाल्गुन १, बुधबार १२:२४ गते

बनेपा । काठमाडौं विश्वविद्यालय (केयु)का विद्यार्थीहरुले विश्वकै नमुना कार बनाएका छन् । (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेर विश्का मेकानिकलाई चुनौती दिएका हुन् । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुको दाबी छ ।

आगामी अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियर सहभागी हुने सेल ईको म्याराथन एसियामा प्रर्दशनमा यो सवारी साधन पनि प्रतिष्पर्धी बन्ने बताइएको छ ।

नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । साथै नेपालबाट सेलमा भाग लिएर प्रतिस्पर्धा गर्ने पहिलो नेपाली टोली र उत्कृष्ट सवारी साधन हुने अटोमोबाईल मेकानिकल विषय चौंथो वर्षमा अध्ययनरत जुनकिरी टिमका संयोजक विद्यार्थी सागर थापाले बताएका छन् । उनीहरुले यो सवारी ‘दशैँ अघिदेखि निर्माण सुरु गरेका थिए । यो सृजना विश्वकै उत्कृष्ट मेकानिकलाई समेत चुनौती भएको विद्यार्थीहरुले बताएको खबर आजको अन्नपुर्ण पोष्ट दैनिकले लेखेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *