घरमा एक्लै भएको बेला संवेदनशील अङ्गमा हात हालि १५ वर्षीया किशोरीमाथि जबर्जस्ती गर्ने पक्राउ

२०७५ फाल्गुन ३, शुक्रबार १३:०९ गते २०७५ फाल्गुन ३, शुक्रबार १३:०९ गते २०७५ फाल्गुन ३, शुक्रबार १३:०९ गते

डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घरमा एक्लै भएको मौका छोपी सोमबार राति करीब १० बजेको समयमा जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पक्राउ परेका मगर र पीडित किशोरीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ ।

पीडित बालिकाको बयानका आधारमा उनको घरमा सुत्ने ठाउँ नजिकै सानो झ्याल भएको र सोही झ्यालबाट आफ्नो संवेदनशील अङ्गमा हात हालेको बताएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताउनुभयो ।

यस विषयमा आरोपित खड्कबहादुर मगरले आफ्नो घरमा फिरन्ते व्यापारी चार जना जुम्ली आएको र उनीहरुले लोकल कुखुरा खाने भनेपछि उनलाई ब्युँझाउन झ्यालबाट हात हालेको बताएको प्रहरी प्रवक्ता तथा धाँमीले जानकारी दिनुभयो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धानपछि आरोप प्रमाणित भए मुद्दा चलाइने डोटी प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *