आजै रिचार्ज गरेको, कत्ति छिटो सकिएको?’, रिचार्ज छिटो सकिने समस्याले पैसाको चपेटामा पर्नुभएको धेरै पटक भयो होला। रिचार्ज कार्ड किनिरहनु पर्ने पनि उस्तै झन्झटिलो।
अत्यावश्यक फोन बाहेक अनावश्यक फोन कम गर्ने गर्नुहोस्। टाढा बस्ने इष्टमित्र वा साथीभाइ बाहेक सधैँ भेटिरहने साथीसंगीसंग घण्टौँ कुरा गर्नु उपयुक्त हुँदैन। भेटेरै भन्न सकिने, अनि तत्कालै भन्न आवश्यक नभएका कुरा फोनमा हैन भेटेरै भन्ने गरौँ। यसले अनावश्यक फोन कल कम गर्न सकिन्छ।
तर फोन गर्ने संङ्ख्या पनि नघटाइ ब्यालेन्स पनि कम मात्र घटाउने उपाय के होलान्?
अत्यावश्यक फोन कम नगरीकनै ब्यालेन्स बचाउने ४ टिप्स:
१ राती दश बजे पछि कल गर्ने
कार्यालयको काम बाहेकका फोनवार्ता बेलुका गर्नु उपयुक्त हुन्छ। साथीभाइ, इष्टमित्रसंगको फोनवार्ता सम्भव भएसम्म बेलुका राख्दा मोबाइलको ब्यालेन्स बचाउन सकिन्छ। बेलुकी १० बजे देखि बिहान ६ बजेसम्म एनटिसीले प्रति मिनेट ६९ पैसामा कलगर्ने सुविधा दिएको छ।
२. एसएमएस प्रयोग गर्ने
एसएमएस पठाएर हुने कुरामा फोन गर्न जरुरी हुदैन। यसबाट पैसा त बच्छ नै साथै मोबाइलको नेटवर्क पनि व्यस्त हुँदैन। एनटिसीले एउटा म्यासेज बराबर १ रुपैयाँ २५ पैसा काट्ने गर्दछ।
३. एप प्रयोग गर्ने, वाइफाइको सुविधाको उपयोग गर्ने
स्मार्टफोन हुनेले वाइवाफ वा इन्टरनेटको सुविधा भएमा फोन हैन भाइवर वा स्काइपमा कल गर्न सकिन्छ। वाइफाइको प्रयोगले भाइवर बाट विदेश वा जुनसुकै ठाउँमा फोनगर्दा पनि ब्यालेन्स सकिदैन।
४. टेलिकमको फेमेली एण्ड फ्रेन्ड सुविधा
नेपाल टेलिकमले पाँचवटा नम्बरमा सस्तो फोन सुविधा दिदैँ आएको छ। तपाइले धेरै फोन गरिरहने, इष्टमित्र वा साथी भाइको पाँचवटा नम्बरलाई प्रति मिनेट ७० पैसामा नै कल गर्न सक्नुहुनेछ।
यसको लागि FNFSUB*MDN (MDN – साथीभाइको एनटिसी नम्बर राख्नुहोस्, उदाहरण: FNFSUB*MDN*9800000000) लेखेर 1415 मा म्यासेज गर्नुस्। यो म्यासेजले टेलिकमको यो सुविधा सुचारु गर्छ र तपाइले उल्लेख गर्नु भएको नम्बरमा अब सस्तोमा कल गर्न सकिन्छ।
अब बाँकी रह्यो ४ वटा अरु नम्बर कसरी सेट गर्ने?
एक पटक FNFSUB*MDN म्यासेज गरिसकेपछि यो सुविधा सञ्चालन भइसकेको हुन्छ। अब अर्को नम्बरमा पनि यहि सुविधा थप्न गर्न FNFADD*MDN लेखि 1415 मा म्यासेज गर्नुहोस्। तपाइले यसरी ४ वटा सम्म नम्बर थप्न सक्नुहुनेछ। सुविधा सुरु गर्दाको एक र ४ पटक फरक फरक नम्बर राखी पठाएको म्यासेज सहित कुल पाँच नम्बरमा तपाइले सस्तोमा कल गर्न सक्नुहुनेछ।
यस्तै सुविधा एनसेलले पनि दिएको छ।
एनसेलको My5 सुविधा अन्तर्गत पाँचवटा नम्बर सेट गरी प्रतिमिनेट ९९ पैसामा कल गर्न सकिन्छ।
-यो सेवा सुचारु गर्न: 5599 वा *5599# मा डायल गरि 1 प्रेस गर्नुहोस्।
-My5 समुहमा नम्बर थप्न : 5599 वा *5599# डायल गरि 2 प्रेस गर्नुहोस्।
-नम्बर परिवर्तन गर्न 3 कुनै नम्बर हटाउन 4, कुन कुन नम्बर छन् भनि थाहापाउन 5 र यो सेवा बन्द गर्न 6 प्रेस गर्नुहोस्।
एनसेलले यो सुविधा बापत प्रति महिना २० रुपैयाँ काट्छ।
Views: 0