उखुखेतमा लगेर बलात्कार गरी रेश्माको जलाएर बीभत्स हत्या

२०७५ फाल्गुन ५, आईतवार १४:२९ गते २०७५ फाल्गुन ५, आईतवार १४:२९ गते २०७५ फाल्गुन ५, आईतवार १४:२९ गते

ढल्केवर (धनुषा) : धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरका देवनारायण रसाइलीलाई आगोले घर खरानी भएको अस्ति जस्तो लाग्छ । तर एक महिना भइसक्यो । आगोको पीडा बिर्सन नपाउँदै उनको परिवारमा अर्काे वज्रपात पर्‍यो— छोरीलाई बलात्कारपछि जलाइयो ।

नौ वर्षीया कलिली छोरी रेश्माको जलाएर बीभत्स हत्या गरे, पापीहरूले ।९० वर्षीया हजुरआमा सूर्यमायाले जब नातिनीको हत्या भएको थाहा पाइन्, उनी मूच्र्छा परिहालिन् । रेश्मा हत्याका कारण सूर्यमाया मात्र होइन, उनको परिवार, नातागोता, इष्टमित्र पनि गहिरो शोकमा छन्् । घरमा रुवाबासी चलेको छ । चुलोमा आगो बलेको छैन ।‘राम्ररी संसार देख्न नपाउँदै नातिनीको इज्जत लुटेर अपराधीले जलाई मार्‍यो’, सूर्यमायाले भनिन््, ‘कुन पापीको नजर लाग्यो, थाहा भएन ।

विवाहमा नाच्दै गरेकी मेरी नानीलाई उखुखेतमा लगेर मारेर फालिदियो ।’रेश्माको बीभत्स हत्याबारे शनिबार सुनाउँदै गर्दा सूर्यमाया नातिनीलाई सम्झिएर भक्कानिइन्् । गला अवरुद्ध भयो । छिमेकीको वैवाहिक उत्सवमा बुधबार अबेरसम्म नाच्दै गरेकी स्कुले बालिका रेश्माको शव बिहीबार बिहान जलाइएको अवस्था गाउँलेले फेला पारेका थिए । रेश्माको खास नाम दितीया हो । तर, उनलाई परिवारले माया गरी रेश्मा भन्थ्यो ।

बलात्कारपछि जलाइयो

‘नाचिरहेकी रेश्मालाई कसैले उठाएर उखुबारीमा लगेर बलात्कार गर्‍यो । बालिकाले कुरा खोलिदिने डरले कुटेर हत्या गर्‍यो । प्रमाण नष्ट गर्न पापीहरूले उनको लासै जलाइदियो’, बालिकाका काका देवराजले भने, ‘निर्मम तरिकाले अवोध बालिकाको हत्या भएको छ । हामी कोही सुरक्षित छैनौं ।

घाँस–दाउरा गर्न जान पनि चेलीबेटी डराइरहेका छन् ।’ रेश्माको घर धनुषाको ढल्केवर चोकदेखि चार किलोमिटर उत्तर–पूर्वमा पर्छ । बालिकाको हत्या भएको चार दिन बितिसक्दा पनि प्रहरीले हत्यारालाई पक्रन सकेको छैन । दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै महिला अधिकारकर्मीले शनिबार सडकमा प्रदर्शन गरे ।एक्ली सन्तानरेश्माको परिवारमा बुबा देवनारायण र हजुरआमा सूर्यमाया थिए । तीन वर्षकै उमेरमा रेश्माकी आमा पार्वती पोइला गइन् ।

उनको लालनपालन हजुरआमा र काकी मीराले गर्थे । प्रस्ट बोल्न नसके पनि रेश्मा पढ््नमा तेज थिइन्् । घरनजिकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा दुईमा पढथन्् । बुधबार छिमेकी सुमित्रा थापाकी छोरी मन्दिराको विवाह थियो । गाउँले सबैलाई बिहेभोजमा निम्तो थियो । महोत्तरीको गौशाला रामनगरबाट जन्ती आएका थिए ।

परिवारमा बज्रपात

बुवा देवनारायण सुस्त मनस्थितिका छन् । उनको एक मात्र छोरी हुन्् रेश्मा । छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बुनेका थिए उनले । सात वर्षअघि श्रीमतीले छाडेर गए पनि उनले छोरीको मुख हेरेर अर्को विवाह गरेनन् । लगत्तै बुवा कृष्णवीरलाई गुमाए । एक महिनाअघि उनको घर आगलागीबाट खरानी भयो । अन्नपात, लत्ताकपडा, नगद जल्यो । घर जलेपछि देवनारायण भाइको घरमा बस्थे । ओत लाग्ने सानो घर थियो त्यो पनि जल्यो । बिरामी पर्दा पानी तताएर खुवाउने छोरी पनि छैनन्् उनीसँग ।हजुरआमा सूर्यमायाको बुढेसकालको साहारा थिइन् रेश्मा । बालिकाले हजुरआमालाई खाना खुवाउने, लुगा धोइदिने, पसलबाट सामान किनेर ल्याइदिने गर्थिन्् ।

‘अब यो बूढीआमाको स्याहार कसले गर्छ, पानी ल्याएर खान कसले दिन्छ’, हजुरआमाले भनिन्् । सात वर्षअघि हजुरआमाको काखमा सुत्दा अतालिएर रेश्माले खुट्टा फाल्दा उनको आँखामा लागेको घाउ अझै निको भएको छैन ।नाच्न उनलाई औधी मन पर्थ्यो’, रेश्माकी काकी मीराले भनिन्, ‘हामी सबै विवाहको भोज खाएर घर आयौं । उनी डिजे बाजामा साथीहरूसँग अबेर रातिसम्म नाच्दै थिइन् । घर आइहाल्छन् भनेर सुतिहाल्यौं ।’बिहीबार बिहानसम्म घरमा नआएपछि परिवारजनले उनको खोजी गर्न थालेको थियो । केही समयपछि गाउँ नजिकैको उखुबारीमा लास फेला परेको खबर आयो ।

परिवारजन पुग्दा उनीहरूले रेश्माको आधा जलेको शरीर देखे । शरीरमा लगाएको सबै लुगा जलिसकेको थियो ।उनले लगाएको स्वेटरको केही अंश बाँकी थियो । जलेको स्वेटरकै आधारमा शव रेश्माकै हो भनेर परिवारजनले पुष्टि गरेका थिए । खेत जोत्न गएकाहरूले उखुबारीमा जलेको शव देखेपछि प्रहरीमा खबर गरेको मिथिला नगरपालिका—३ का वडासदस्य उमेशजंग गजमेरले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *