पशुपतीको पक्षमा बोल्दै ओली प्रचण्डलाई प्रश्न, भ्रष्टाचार रोक्न नसक्नेले जनताको गीत किन रोक्ने ?…(हेर्नुहोस् भिडियो)

२०७५ फाल्गुन ६, सोमबार १६:४८ गते २०७५ फाल्गुन ६, सोमबार १६:४८ गते २०७५ फाल्गुन ६, सोमबार १६:४८ गते

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले संगीत विकास बोर्ड वा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारको ध्यानाकर्षण गराउँदै विवादित बनेको पशुपति शर्माको गीत गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यू–ट्यूबमा राख्न आग्रह गरेको छ ।

प्रतिष्ठानको आज बसेको बैठकले गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार रहेको भन्दै यू–ट्यूबमा पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको हो । आधिकारिकरुपमा गीत हटाउन कहिँ–कतैबाट नभनिएकोले पुनः अपलोड गर्न आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिनुभयो । शर्माले गीत फेरि राख्ने विषयमा सोचेर निर्णय लिने जनाउनु भएको छ ।

प्रतिष्ठानका उपाध्यक्षसमेत रहनु भएका शर्माले बैठकमा राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्दै एक–दुई वटा फोन आएपछि आत्तिएर आफैंले यू–ट्युबबाट हटाएको बताउनु भएको थियो । शर्माले हिजो नै आफूले व्यक्ति विशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको भन्दै केही कमजोरी भएकाले गीत हटाइएको जानकारी दिनुभएको थियो ।

पशुपतीको पक्षमा बोल्दै ओली प्रचण्डलाई प्रश्न, भ्रष्टाचार रोक्न नसक्नेले जनताको गीत किन रोक्ने ? पशुपतीको पक्षमा बोल्दै ओली प्रचण्डलाई प्रश्न, भ्रष्टाचार रोक्न नसक्नेले जनताको गीत किन रोक्ने ? हेर्नुहोस् भिडियो…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *