काठमाडौं । गत बुधबार धनुषामा बिहेभोज खान गएकी बोल्न नसक्ने बालिका मृत अवस्थमा भेटिएकी थिइन् ।
जनकपुरको मिथिला नगरपालिकामा ११ वर्षीया बोल्न नसक्ने बालिकाको सामूहिक बलात्कारपछि जलाएर हत्या भएको पुष्टि भएको छ ।
आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको हो ।
प्रहरीका अनुसार मिथिला नगरपालिका–३ हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया रैसेलीको सामूहिक बलात्कारपछि जलाएर हत्या भएको हो ।
रैसेलीको शव घर नजिकैको झाडीमा फेला परेको थियो।प्रदेश २ प्रहरी कार्यालय र उक्त घटनामा संलग्न आरोपमा एक जना पक्राउ परेको बताइएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0