भोलि बन्दको घोषणा : कहाँ-कहाँ हुन्छ बन्द ?

२०७५ फाल्गुन ७, मंगलवार १६:१५ गते २०७५ फाल्गुन ७, मंगलवार १६:१५ गते २०७५ फाल्गुन ७, मंगलवार १६:१५ गते

काठमाडौँ – नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको ने।क।पाले लुम्बिनी जिल्ला बन्दको आह्वान गरेको छ ।

नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको ने।क।पाले आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको फागुन ८ गते लुम्बिनी जिल्ला बन्दको आह्वान गरेको हो । फागुन ८ गते लुम्बिनी अन्तर्गत पर्ने जिल्लाहरुमा बन्दको आह्वान गरिएको हो ।

गत शुक्रबार नेकपाका लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगद्वारा जारी प्रेस विज्ञप्तिमा गिरफ्तार गरिएका आफना नेताकार्यकर्ता रिहा नगरिएको भन्दै रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्ली पाल्पा, अर्घाखाँची बन्दको घोषणा गरेका हुन ।

गिरफ्तार हुनेमा गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खडका, अर्घाखाँची सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुन रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *