‘रामबहादुर थापा र विष्णु पौडेलले आत्मसमर्पण गरे’

२०७५ फाल्गुन ११, शनिबार ०८:५२ गते २०७५ फाल्गुन ११, शनिबार ०८:५२ गते २०७५ फाल्गुन ११, शनिबार ०८:५२ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताका लागि गठित कार्यदल भंग हुनुमा संयोजक रामबहादुर थापा बादल र विष्णु पौडेल नै दोषी रहेको आरोप लागेको छ ।

कार्यदल सदस्य योगेश भट्टराईले दुई नेताले आत्मसमर्पण गरेकाले यो स्थिति आएको बताए । उनले आफूहरुले छुट्टै असन्तुष्टिसहितको धारणा अध्यक्षद्धयलाई पेश गर्ने बताएका छन् ।

स्पष्ट वक्ता नेता भट्टराईले सिनियर नेताहरुको नाम लिँदा अप्ठेरो माने पनि वाध्य भएर यथार्थमा उत्रनु परेको बताए ।

छोटो समयको अवधि पाएको कार्यदलले एकताको खाका नै दिन नसकेपछि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार कार्यदल भंग गरेका थिए ।

कार्यदलको बैठक आब्हान गर्न माग गर्दासमेत थापा र पौडेलले बैठक डाक्न समेत अनिच्छा देखाएपछि भंगको स्थिति आएको भट्टराईको आरोप छ ।

विधि, पद्धति, विधान र सर्वस्वीकार्य सिद्धान्तसहित पार्टी एकताको खाका बनाउनु पर्नेमा भट्टराईको जोड छ ।

आफूहरुको बहुमत रहेको दावीसहित भट्टराईले संयुक्त धारणा बुझाउने बताएका छन् । उनले भने, ‘देशभरका पार्टीका नेता तथा कार्यकर्ताले थाहा पाउनु पर्छ किन यो अवस्था आयो ।’

उनले ‘एक व्यक्ति एक पद’ लागु गर्नका लागि दवाव दिने पनि बताएका छन् । मुख्यमन्त्रीहरुसमेत पार्टीको मुख्य पदमा रहेपछि पार्टीमा रुष्ट हुनेहरु बढेका छन् ।

पार्टीमा ‘इस्युवाइज’ विमति हुन सकेपनि पार्टी भने नफुट्ने उनको दावी छ । वैयक्तिक सोच राखेर अगाडि बढ्दा भने दुर्घटना हुन बेर नलाग्ने उनको चेतावनी छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *