लाजैमर्दो : राष्ट्रपतिको सहज सवारीका लागि हेलिकप्टर दुर्घटनाका पाँचवटा शव बोकेका गाडी जाममा !

२०७५ फाल्गुन १७, शुक्रबार २१:५२ गते २०७५ फाल्गुन १७, शुक्रबार २१:५२ गते २०७५ फाल्गुन १७, शुक्रबार २१:५२ गते

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीलाई सहज बनाउँदा राजधानीमा आज असहज दृश्य देखियो। हेलिकप्टर दुर्घटनामा परी निधन भएका पाँच जनाको शव बोकेका गाडीहरु टुँडिखेलबाट सहजै निस्किए पनि दरबारमार्ग-कमलादी खण्डमा भने नराम्ररी ट्राफिक जाममा फसे ।

राष्ट्रपति भण्डारी आफै श्रद्धाञ्जली अर्पणका लागि टुँडिखेल पुगेकी थिइन्। तर, ट्राफिक व्यवस्थापनको तालमेल नमिलाउँदा उनैले श्रद्धाञ्जली अर्पण गरेर पुष्पगुच्छा चढाइएका शवहरु भने केही समय उनकै सवारी चलाउँदा अलपत्र हुन पुगे।

राष्ट्रपति विद्यादेवी भण्डारी सवारी हुने समय र बुधवार हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव सैनिक मञ्चबाट दाह संस्कारका लागि निकाल्ने समय जुधेका कारण शव बोकेको सवारी केही समय रोकिएका हुन्।ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुको शव श्रद्धान्जली पछि दाहासंस्कारका लागि पशुपति आर्यघाट लाने क्रममा कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठान अगाडी परेको जाम ।

राष्ट्रपति भण्डारी आज नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा आजदेखि हुन लागेको काठमाडौंमा अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलनको उद्घाटन गर्न कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठनामा आउँदा यस्तो दृश्य देखिएको थियो। जतिखेर राष्ट्रपतिलाई स्वागत गर्न प्रज्ञा प्रतिष्ठानमा नेपाली सेनाको टोलीले कडा सुरक्षा र स्वागतमा जुटेका आयोजकहरुले स्वागत बाजा बजाइरहेका थिए, ठीक त्यतिखेर प्रज्ञा प्रतिष्ठानको उत्तरतिर शव बोकेका पाँच वटा गाडीहरु जाममा परिरहे।


महानगरीय ट्राफिक प्रहरीले आज बिहान साढे ११ बजे, शितल निवासबाट लक्ष्मी निवास, शिवपुरी उच्च मावि, सभामुख निवास, खुर्सानिटार, गैह्रीधारा, टुकुचा पुल, नागपोखरी, जयनेपाल हल, कृष्ण पाउरोटी, कमलादीमोड हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमा प्रभावित जानकारी दिएको थियो।

हिजो राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिइएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *