८ कक्षा फेल प्रधानमन्त्री भएको सरकारले शिक्षकको सम्मान कसरी गर्छ ?

२०७५ फाल्गुन २१, मंगलवार २०:१० गते २०७५ फाल्गुन २१, मंगलवार २०:१० गते २०७५ फाल्गुन २१, मंगलवार २०:१० गते

लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाउनु पर्छ तर शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा लाठि चार्ज गरेर शिक्षकहरुको खुट्टा भाच्नु अधिनायकबाद हो ।

८ फेल प्रधानमन्त्री भएको सरकारले शिक्षकको सम्मान गर्न नसक्नु कुनै नौलो भएन तर लोकतन्त्रका लागि १४ बर्ष जेल बसेका प्रधानमन्त्री भएको देशमा यसरी जनताका लोकतान्त्रिक हक अधिकारको बलात्कार गर्न पाईन्छ ?

देश कता जादै छ ?

सरकारले राहत र बालविकास शिक्षकलाई सहमति विपरित समायोजन गर्न खोजेको भन्दै संघर्ष थालेका छन् । तीन दिनदेखि काठमाडौंमा जारी संघर्षमा उनीहरुले आफ्ना माग पनि पुरा नभए आजबाट अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरिसकेका छन् ।

बन्दुक समाउनेलाई उचित समायोजन गरेको र कलम समाउनेलाई पक्षपात गरेको राहत शिक्षक संघर्ष समितिमा केन्द्रीय सल्लाहकार कुमार बजगाँईले बताउनुभयो । उहाँले राहत र बालविकास शिक्षकलाई राज्यले टुहुरो बनाउन खोजेको आरोप लगाउनुभयो । अप्ठ्यारो परिस्थिति २०५९ सालतिर देशको शैक्षिक क्षेत्रमा राहत शिक्षकले खेलेको भुमिका सरकारले बिर्सेको उहाँको आरोप छ ।

देशको ४० हजार शैक्षिक जनशक्ति आन्दोलनमा गए मुलुकको हालत खस्किने कुरामा सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो । अन्तर्राष्ट्रिय जगतमा यो आन्दोलनले देशकै अस्तित्व खतरामा पर्ने भन्दै उहाँले सरकारलाई समाधान खोज्न आग्रह गर्नुभयो ।

राहत शिक्षकलाई स्थायी गराउन ४० हजारभित्रै प्रतिस्पर्धा गरिनुपर्ने र २० प्रतिशत uआन्तरिक, ८० खुला प्रतिस्पर्धा आफूहरुलाई मान्य नहुने बजगाँईले बताउनुभयो ।

यो पनि पढ्नुस

हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ ।

दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ ।

युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो ।

यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।

त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ ।

मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।kaskionline

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *